काठमाडौं, नेपाली कामदार मलेसियामा लैजानेबारे नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने भएको छ । समझदारीपत्रपछि नेपाली कामदार पुनः मलेसिया जाने बाटो खुल्नेछ । समझदारीका लागि मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन ११ गते काठमाडौं आउने तय भएको छ । श्रममन्त्री गोकर्ण बिष्टले जेष्ठ २ गतेदेखि नेपाली कामदार मलेसिया जान अकस्मात बन्द गरेका थिए । कामदार रोकिएपछि तिस हजार भन्दा बढी नेपालि कामदारको भिसा रद्द भएको छ भने करोडौ रकम डुबेको छ । आइतबार एनआरएनएका पदाधिकारीहरुसंग श्रममन्त्रि गोकर्ण बिष्ट र सचिव महेश दाहालले छलफल गरेका थिए । छलफलमा सचिव दाहालले नेपाल र मलेसियाबीच कात्तिक १२ गते समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने जानकारी दिए । एमओयूको मस्यौदामा दुई देशबीच सहमति भइसकेको छ, जसअनुसार नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति भएको दाहालले बताए ।
एमओयूमा हस्ताक्षरपछि मलेसिया जाने कामदारले कुनै शुल्क तिर्नु पर्दैन दाहालले बताए । मेडिकल र इमिग्रेसन सेक्युरिटी क्लियरेन्समा फेल भएका कामदार मलेसिया जान पाउदैनन् । साथै प्रक्रियामा लागेको रकम पनि आफैंले व्यहोर्नुपर्छ । सबै प्रक्रिया पास गरेको कामदारको शुल्क मात्र मलेसियाको रोजगारदाता कम्पनीले तिर्ने हो दाहालले बताए । नेपाल र मलेसियाबीच हुने समझदारीले बायोमेट्रिकका नाममा कामदारको स्वास्थ्य परीक्षणमा यसअघि ३७ वटा मात्र मेडिकलले चलाएको सिण्डिकेट समाप्त हुनेछ । नेपाल सरकारबाट मान्यताप्राप्त र पुर्वाधार पूरा भएका स्वास्थ्य संस्थामा मलेसिया जाने कामदारको मेडिकल हुनेछ ।
हस्ताक्षर हुन लागेको एमओयू अनुसार नेपाली कामदारको करार अवधि दुई वर्षको हुनेछ । यसअघि तीन वर्षको करार हुन्थ्यो । लामो करार अवधिले गर्दा नेपालले धेरै ठूलो पारिवारिक र सामाजिक मूल्य चुकाउनु परेको र परिवारहरु बिखण्डन हुने अवस्था रहेको भन्दै २ वर्र्षे करारमा मलेसियालाई सहमत गराएको छ । कम्पनीले चाहेमा २ वर्षको करार अवधिपछि पुनः कामदार फर्किन सक्नेछन् ।
कामदार पठाउने म्यानपावर एजेन्सीले सेवा शुल्क बापत कामदारको आधा महिनाको तलब बराबर रकम पाउनेछन् ।
तर नेपाल बैदेशिक रोजगार बेबसायी संघ र मएपावोर बेबसायिहरुले सरकारले सस्तो लोकप्रियता कमाउन मात्रै एस्तो सहमति गर्न लागेको र यो बेबाहारमा लागु गर्न नसकिने बताइसकेका छन् ।
एनआरएनएको विज्ञ सम्मेलन वैदेशिक लगानीको सदुपयोग गर्ने ठोस रणनीति बनाउँदै आज सकिँदैछ । विदेशमा रहेका नेपालीहरुको ज्ञान सीप र पूँजीलाई एकीकृत गरि ठोस रणनीतिक योजना तयार गर्न लागिएको एनआरएनएले जनाएको छ । राजधानीको सोल्टी होटलमा विगत तीन दिन देखी चलिरहेको सम्मेलनबाट आएको निष्कर्षलाई स्वेतपत्रका रुपमा सरकारलाई बुझाइने विज्ञ सम्मेलनका एनआरएनएका उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । यसअघि १० अर्बको संयुक्त लगानी गर्ने प्रतिबद्धता जनाएको एनआरएनएले सम्मेलनबाट ठोस निर्णय गर्ने पन्तले बताउनुभयो । विदेशमा सिकेको ज्ञान सीप पूँजीका साथै लगानी र प्रविधि भित्र्याउने विषयमा सम्मेलनले विशेष रणनीतिक योजना बनाउने बताइएको छ । स्थापनाको १५ वर्षमा एनआरएनएले ठूला ठूला महत्वकांक्षी घोषणा गरेपनि आर्थिक समृद्धि र रोजगारी सृजना गर्ने सवालमा ठोस परिणाम आउन नसकेको भन्दै आलोचना भने भईरहेको छ ।
श्राेतः janasawal.com