स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

श्रद्धाञ्जलिका लागि बास्तोलाको पार्थिव शरीर सानेपामा ४ बजेसम्म राखिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८, आईतवार ०८:५५

काठमाडौँः नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको हिजो राति निधन भएको थियो । उनका श्रीमती र दुई छोरी छन् । शनिबार नै उनको स्वास्थ्य अवस्था जटिल भएपछि उपचारका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । तर उपचार सम्भव नभएपछि पुनः निवासमा लगिएको थियो । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आज यहाँ जारी विज्ञप्तिमा स्वर्गीय बास्तोलाको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उहाँ पूर्वपराराष्ट्रमन्त्री, नेकाका केन्द्रीय सदस्य एवम् भारतका लागि नेपालका राजदूतसमेत थिए ।

यसैबीच, मूल्यवृद्धि एवम् करका विषयमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्र एवम् प्रदेश सरकारलाई आज बुझाउने भनिएको ज्ञापनपत्र कार्यक्रम स्थगित भएको पार्टीले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु