राजधानीको फोहर व्यवस्थापन गरी सभ्यताको परिचय दिएपछि मात्र समृद्धिको शुरुवात होला ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १३:५२

मानविय सभ्यताको पहिलो परिचय सरसफाई र फोहर व्यवस्थापन हो । मानिसलाई रोग लाग्ने प्रमुख कारण मध्य प्रदुषण र फोहर हो । जहा“ फोहर र दुर्गन्ध हुन्छ त्यहा“ आ“खाले देखिने झिंगा, लामखुट्टे, भुसुना र नदेखिने हानिकारक किटाणुहरुले आप्mनो बासस्थान बनाएका हुन्छन । विडम्बना यो मन्दिर नै मन्दिरको सहर काठमाण्डौ, संसारको फोहरी र प्रदुषित सहर मध्यमा परेको छ । यो सहर फोहर छ भन्ने कुराको जानकारी एवं ज्ञान हामि काठमाण्डौ उपत्यकामा बस्ने सबै सर्वसाधारण वासिन्दा सरकार, सञ्चार सबैलाई थाहा छ, फोहर राम्रो होइन यो पनि हामि सबैलाई थाहा छ तर पनि विडम्बना फोहरको समस्या निरन्तर छ । अहिलेसम्म हामि यहा“का सर्वसाधारण बासिन्दा, राजनैतिक पार्टी, सरकार, सञ्चार माध्यम लगायत सबैले यसलाई समस्याको रुपमा मात्र देखाउने गरेका छौं भने अब यो समस्याको नियमित समाधानका उपाय, विधि, प्रणाली अवलम्बन गरेर निराकरण गर्नुपर्ने बेला आएको छ । वेलावेलामा सरसफाई अभियानको हल्लाखल्ला गरेर सञ्चार माध्यमहरुमा विभिन्न व्यक्ति संघसंस्थाले आप्mनो नाम छपाउने कृयाकलापहरु भने निरन्तर भईरहेका छन ।

सरकार तथा नगरपालिका, महानगरपालिकाहरुले यसका नाममा बजेट बनाएर खर्च गरेर तात्कालिक काम चलाउ कामहरु पनि निरन्तर भएकै छन । कतिपय व्यक्ति, संधसंस्था र पुर्नप्रयोग गर्ने व्यापारिक संस्थाहरु बनाएर फोहरलाई विभिन्न रुपमा पुर्नप्रयोग गरेर आमदानी बनाउने काम र प्रयासहरु पनि भएका छन । कताकति रिसाईक्लिन उद्योगहरुमा पुर्नप्रयोग पनि भएका होलान । सबै तर्फबाट भएका प्रयासहरुका बावजुत फोहर धुलो र दुर्गन्धरहित काठमाण्डौ हुन सकेको भने छैन । सरकार तर्फबाट अस्थायी, काम चलाउ तथा तत्कालको समस्या समाधान मात्र भएको छ भने संघसंस्थाले एकदुईपटक गरेर हल्लाखल्ला गर्ने काम मात्र भएको छ । पुर्नप्रयोग गर्ने व्यापारिक संस्थाहरुले आप्mनो क्षमता अनुसारको पुर्नप्रयोग गरेर आम्दानी गरेका होलान । अहिले सम्मको प्रयासले हाम्रो देशको राजधानी यो काठमाण्डौ फोहर र धुलो धुवा“को शहरबाट परिवर्तित भएर सफा शहर एवं नन् पोलुटेड शहर हुन सकेको छैन ।

मुलुकको प्रतिष्ठाको लागि पनि यहा“का हामि सम्र्पूण सर्वसाधारण वासिन्दा, स्थानिय निकाय, सरकार तथा महानगरपालिका, संघसंस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, राजनैतिक पार्टीहरु, सञ्चार माध्यम सबैतर्फबाट हाम्रो काठमाण्डौ शहरको फोहर व्यवस्थापनमा आ–आप्mनो स्थानमा जिम्मेवार र कर्तव्यनिष्ठ भएर र आधुनिक र व्यवस्थित प्रणाली र नियम अपनाएर तथा अपनाउन लगाएर समाधान गर्नु अपरिहार्य भएको छ । अन्र्तराष्ट्रिय रुपमा सभ्यताको परिचय तथा राष्ट्रको ईज्जतको लागि पनि धुलो, धुवा“ र दुर्गन्धरहित सफा काठमाण्डौ बनाउन सम्पूर्ण सर्वसाधारण वासिन्दा, सरकार तथा संधसंस्थाहरु भित्रि अन्र्तआत्माबाट लाग्नुपर्ने भएको छ । यो समस्या समाधानको लागि सम्पूर्ण सर्वसाधारण वासिन्दाहरुले प्रकृयालाई तन मनले सघाउने र खासगरी सरकार, महानगरपालिका, सम्बन्धित संघसंस्था र निकायहरुले आप्mनो शक्ति श्रोतसाधनलाई कर्तव्यपरायण र जिम्मेवार बनाउनु अत्यन्त आवश्यक देखिन्छ ।

विशेष गरेर महानगरपालिकाहरुका तर्फबाट चलिरहेको व्यवस्थापन प्रणाली र तौरतरिकामा परिवर्तन गरेर, निती नियममाा परिवर्तन गरेर सरल र स्थायी समाधानका उपायहरु अवलम्बन गर्नु आवश्यक छ । सबै सम्बन्धित निकायहरुले तौरतरिका र प्रणालीमा परिवर्तन गर्ने, जिम्मेवारवोध र कर्तव्यनिष्ठ बनाएर उत्तरदायित्व बहन गराउने गरि समाधानको बाटो अपनाउने हो भने यो समस्या अवश्य समाधान हुन्छ । जनचेतना फैल्याउने र महानगरबासीहरुलाई सचेत र सजग गराउने काममा पत्रपत्रिका, रेडियो एफ.एम., टिभी लगायत सञ्चार माध्यमहरुले केहि समयको लागि चेतना फैल्याउने अभियानको रुपमा चलाएर सहयोगी भुमिका निर्वाह गर्न सक्तछन । वास्तवमा सम्र्पूण नगरवासी नजागे सम्म यो समस्या समाधान हु“दैन र व्यक्ति–व्यक्ति, घर–घर, टोल–टोल जगाएर प्रणालि वसाल्न सञ्चार माध्यमहरुले अभियान चलाउन आवश्यक छ । अहिलेको परिवर्तित संघिय राजनैतिक व्यवस्था प्रणालिमा विशेष गरेर सरकार अथवा नगरपालिकाहरूले यो समस्याको नियमित समाधानका उपाय, विधि, प्रणाली र वातावरण बनाउने तथा नियम कानून समेत बनाएर समस्या निराकरण गर्न सकिन्छ ।

हामि सर्वसाधारणले आफु र आप्mनो घर मात्र हैन हाम्रो टोल बाटोघाटो शहर तथा पर्यावरण कसरी सफा राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने देखिन्छ र आप्mनो घरमा निक्लिएको फोहर प्mयाल्ने मात्र होइन व्यवस्थापन गर्ने काममा समेत सहयोग गर्न ध्यान दिनुपर्ने देखिन्छ । हामिहरुले महानगरपालिको प्रकृया र नियमलाई पालना गर्ने र असचेतलाई पालना गर्न लगाउने काम गरेर कर्तव्य पूरा गर्नु पर्दछ । हामि महानगरवासी आफु सफामा बस्न खोज्ने तर वरिपरि बाटोघाटो वातावरण सफा राख्ने संस्कार बनाउन ध्यान नदिने सोचमा परिवर्तन गर्नुपर्ने हुन्छ । फोहर बढि उत्पादन हुने व्यापारिक केन्द्रहरुले (हस्पिटल, होटल, रेष्टुरेण्ट, बधशाला, मासुपसल, सिमेन्ट पसल, हार्डवेयर पसल, विभिन्न बस्तु उत्पादन गर्ने कारखानाहरु, ग्यारेजहरु, ईट्टा, ढुङ्गा, बालुवा विक्री केन्द्र, काठ कारखाना, धान मिल लगायत उद्योग धन्दा केन्द्रहरु) फोहरको उचित व्यवस्थापन गर्नु पर्ने नियम अनिवार्य गरिनु पर्दछ । यसको लागि विभिन्न देशमा सम्बन्धित संस्थाको मालिकले सरकारी निकायबाटै तालिम लिएर प्रमाणपत्र लिनुपर्ने नियम छन ।

सरकारी निकाय, शाखा र महानगरपालिकाहरुले व्यवस्थापन पक्षमा सुधार गरेर, वर्तमान प्रणालिमा आवश्यक परिवर्तन गरी नियम बनाएर लागु गर्नुपर्ने देखिन्छ । आप्mनो शक्ति साधन श्रोतलाई पूर्ण जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक छ जो हाल तात्कालिक समस्या मात्र सल्टाउने, झारा टार्ने, बजेट पचाउने, औपचारिकता पूरा गर्ने र काम चलाउ मात्र बनाउने कामहरु भएका छन । व्यक्तिको, घरको, टोलको, उद्योग र व्यापाकि र्फमको अनि महानगरपालिका आप्mनो कार्यक्षेत्र र कर्तव्य तोकेर उत्तरदायी बनाउने प्रणाली र नियम बसाल्नुपर्ने देखिन्छ ।
समस्या मात्र देखाउने, विरोध मात्रै गर्ने, स्थानिय सरकार तथा महानगरपालिकालाई मात्र समाधानको सम्पूर्ण जिम्मा हो भन्ने सोचबाट समस्याको समाधान हु“दैन । सम्पूर्ण नागरिकहरु व्यत्ति–व्यक्ति पनि उत्तरदायी हुने, स्थानिय टोल सुधार समितीहरु पनि उत्तरदायी हुने र सरकार तथा राज्यलाई पनि उत्तरदायी बनाउने नियम बनाएर सबै क्षेत्रले र्कतव्यबोधकासाथ काम गरेमा अवश्य पनि काठमाण्डौ सफा शहर बन्न सक्छ । हामी यस महानगरवासी सबैले बुभ्mनै पर्ने देखिन्छ ता कि हामी आफु परिवर्तन नभई समाज र हाम्रो शहरमा परिवर्तन आउ“दैन । परिवर्तनको लागि व्यक्ति–व्यक्ति को कर्तव्य र दायित्व, व्यापारिक प्रतिष्ठान उद्योग धन्दाहरुको दायित्व, सरकार तथा महानगरपालिकाको दायित्व, सम्पूर्ण संघ संस्था प्रतिष्ठानहरुको दायित्व सबैले आ–आप्mनो ठाउ“बाट पूरा गर्नु पर्दछ । भनिन्छ चेतना अथवा ज्ञान नै अन्चिम सत्य हो । हाम्रो शहर हामिले नै सफा बनाउने हो भन्ने चेतना जगाऔं हाम्रो राजधानि काठमाण्डौ उपत्यकालाई धुलो, ध“ुवा र दुर्गन्धरहित सफा शहर बनाऔं । पहिलो कुरा सम्पूर्ण नगरवासी व्यवस्थित फोहर व्यवस्थापन प्रणाली अपनाउन प्रतिबद्ध होऔं, दोश्रो आप्mनो घर पसल अगाडीको बाटो नियमित रुपमा आफैले सफा गरौं, तेश्रो फोहर वर्गिकरणको नियमलाई सबैले कडाईकासाथ पालना गरौं र गराऔं, चौथो टोल–टोल, गल्ली–गल्ली तथा आ–आप्mनो क्षेत्रमा फोहर व्यवस्थापन समिती बनाएर आ–आप्mनो क्षेत्रलाई सफा राख्ने नियम प्रणाली अपनाऔं, पा“चौं धेरै फोहर उत्पादन हुने उद्योग, व्यवसायिक र्फम तथा संस्थाहरुले फोहर व्यवस्थापन अनिवार्य गरौं, छैठौं पैसा हुनेले पुर्नप्रयोग र प्रशोधन व्यवसाय सञ्चालन गरौं र सातौं महानगरपालिका लाई यथोचित प्रणालि अपनाउन दवाव दिऔं ।

प्हिलो आवश्यकता फोहरको वर्गिकरण :–
फोहर व्यवस्थापनको लागि पहिलो आवश्यकता फोहरको वर्गिकरण हो । फोहरको वर्गिकरणले फोहर व्यवस्थापन गर्न सजिलो हुने मात्र होईन व्यवस्थापनको ५० प्रतिशत समस्या समाधान हुन्छ । कुहिने फोहर, जलाउन सकिने फोहर, गाडनुपर्ने फोहर, पुर्नप्रयोग गर्न मिल्ने फोहर अथवा रिसाईक्लिन गर्न मिल्ने फोहर, केमिकल फोहर, स्क्रयाब फोहर, आदि इत्यादिको वर्गिकरण श्रोतबाटनै गरिनु पर्दछ । फोहर वर्गिकरण गर्ने काम हाम्रो घर तथा फोहर उत्पादन हुने स्थानमा नै सजिलै गर्न सकिन्छ भने त्यही फोहर छासमिस भयो भने छुट्ट्याउन गाह्रो हुन्छ, अतिरिक्त र अधिक श्रमशक्ति खर्च त हुन्छ नै व्यवस्थापन गर्ने निकायलाई व्यवस्थापन गर्न देखि ल्याण्ड फिल साईट देखि तह लगाउन टाउको दुखाई हुन्छ । वर्गिकरण गर्नाले पुर्नप्रयोग र रिसाईक्लिन गर्न मिल्ने फोहर त्यस अनुसार सम्बन्धित उद्योग धन्दालाई बिक्री गर्न तथा पुर्नप्रयोगको गर्न सजिलो हुन्छ । रिसाईकल हुने फोहरले नया“ रिसाईक्लिन उद्योगहरु समेत स्थापना गरी चलाउन सकिन्छ । कुहिने फोहर थुपारेर मात्रै राखेमा पनि बर्ष, दुई बर्षमा प्राङ्गारिक मल बन्छ भने जलाएर वातावरण नविग्रने फोहरलाई जलाएर नष्ट गर्न सकिन्छ । घर भत्काएर निक्लीएको स्त्र्mयाब, फुटेको कप, प्लेट, ट्वाईलेट बिनहरु बाटो बनाउने ठाउ“मा पुर्न सकिन्छ ।

प्रयोगमा ल्याउन नसकिने फोहरहरु त्यस अनुसार ल्याण्डफिल्ड साईड तयार गरी स्थायी रुपमा प्mयाल्न सकिन्छ । मानव स्वास्थको लागि हानिकारक केमिकल फोहरहरु त्यसअनुसार जमिनमा गाड्न सकिन्छ । महानगरपालिकाले प्रयोजन र खपथ अनुसार वर्गिकरण गरी वर्गिकरण अनुसार बोरा तथा झोला बनाएर नगरबासीलाई बिक्री गरी उक्त बोरा तथा झोलमा फोहर संकलन गर्न र व्यवस्थापन गर्न सक्छ । फोहर वर्गिकरण गरी व्यवस्थापन गर्ने यो नियम संसारका सबै सभ्य मुलुक र ठूला शहरहरुमा स्थापीत गरिएको छ । हाम्रो सोचाई विचारमा निम्नअनुसार वर्गिकरण गरेमा फोहर व्यवस्थापन गर्न धेरै सजिलो बन्न सक्छ ।

१) कुहिने तथा प्राङ्गारिक मल बनाउन मिल्ने फोहर – तरकारी केलाएको बोक्रा, खानकीबाट निक्लीएको, बासी तथा ब“चेको खाने कुरो, अन्नको भुष खोस्टाहरु, मासु र मासुपसलबाट निक्लिएको फोहर, कुहिएको फलफुल, कुहिएको तरकारी, सडेको अन्न, घा“सपात, जिवजन्तुका हाडखोरहरु आदि । मानिस जिवजन्तुको मलमुत्र सहित यस्ता कुहिने फोहरले प्राकृतिक ग्या“स निकाल्ने सकिन्छ भने मानव वस्ति भन्दा टाढा लगेर थुपारी राखे मात्रै पनि एक देखि दुई बर्षमा खेतिपालिको लागि प्राङगारिक मल तयार हुन्छ ।

२) जलाउन मिल्ने फोहर – फोहर कागज, दाउरा, सुकेका वस्तुहरु, बा“स काठको फर्निचर फोहर आदि जलाएर नष्ट गर्न सकिन्छ ।
३) प्लाष्टिक र प्लाष्टिक जन्य पदार्थको फोहर प्लाष्टिक झोला बट्टा, बोरा, बोत्तल, प्लाष्टिक तारहरु, ग्यालेन, पोलिथिन पाईप, प्लाष्टिक डोरी, भा“डावर्तन, बाटाबाल्टी, पुरानो कार्पेट, प्लाष्टिक फर्निचर, त्रिपाल, प्लाष्टिका जुत्ताचप्पल, प्लाष्टिक सुटकेस व्याग आदि । यस्ता फोहर गुणस्तर अनुसारका प्लाष्टिक उद्योगहरुले कच्चा पदार्थको रुपमा किन्दछन ।

४) सिसाको फोहर –फुटेको सिसाहरु, बल्व, ट्युव लाईट, भा“डा वर्तन लगायत फुटेका सिसाका सबै सामानहरु

५) गाडने फोहर ः– बच्चको गुहु पुछेको, ट्वाईलेटको पेपर, रगत पिप पुछेको कपडा, हस्पीटलमा ड्रेसिङ गरेको व्यान्डेजहरु, प्लाष्टर महिलाको प्याड, फोहर पुछेको कपडा पोचा, छालाका जुत्ता, ज्याकेट, झोला, पेटी, र्पस एवं पुर्नु पर्ने फोहरहरु ।

६) विद्युतिय फोहर पुराना टिभी, रेडियो, टेलिफोन, मोवाईल, कम्प्युटर, रिमोट पंखा, फ्रिज, वासिङ मेशिन, टिन र आल्युमिनीयमबाट बनेका जुस र बियरका बट्टाहरु आदि । यो सबै भन्दा महङ्गोमा बिक्री हुने फोहर हो ।

७) पुरानो कपडा र कपडाबाट बनेका सामानहरु छाता, झोला, रेनकोट

८) टायर र रवर उत्पादित सामान, रबरको जुत्ताचप्पल, कपडा जुत्ता, रवरका पञ्जा, रवर बुट, हाल बजारमा आएका पेट्रोलियम वेस्टेजबाट बनेको कार्पेट तथा आोछ्याउने आदि

९) घर भत्काएर निक्लिएको गेग्रेटो र पुराना फर्निचरबाट बनेको फोहर जमेको सिमेण्ट, फुटेका कप प्लेट घैंटो, फुटेको ट्वाईलेट बेसिन आदि हिलो बाटो र नया“ बाटो बनाउने ठाउ“मा पुर्न काम लाग्छ ।

१०) तेल, ल्युव आयल, डढेको पुरानो तेल, ग्रीज जमेको पेण्टिङ, मेशिनबाट निक्लिएको चिल्लो पदार्थ रासायनिक फोहर, मिती सकिएका औषधि रसायन पाउडर केमिकलहरु ।

अस्पतालबाट निक्लने फोहरलाइृ पनि फोहर निक्लने ठाउ“मै माथिकै वर्गमा वर्गिकरण गरिनु पर्दछ ।

(१.सिसा, २.प्लाष्टिकजन्य, ३.मेटल जन्य, ४.विरामी बच्चाको गुहुमुत सोहरेको फोहर, वेन्डेज, प्लाष्टर, रगत पिप पुछेको कपास, ५.रवरका पञ्जा बुट, ६.केमिकल फोहर र ७.स्क्रयाब फोहर, ८.जलाउन मिल्ने कागज कपडाहरु)

बिक्री हुने बोरा बोत्तल, पुराना कागज पत्रपत्रिका, धातुका टुक्राहरु फलाम तामा सिल्टे आल्म्युनियम आदि आल्म्युनियमका बट्टा मेटलका तारहरु पुरानो गाडी, बाईक, साईकल, मेशिन, जस्ता पाता फलाम पाइप पाता जस्ता सामानहरु कवाडीमा बिक्री हुने हु“दा फोहर वर्गिकरणमा उल्लेख गरिएको छैन । अहिले पनि यस्ता फोहरबाट सर्वसाधारणलाई बिक्री गरी सोझै आम्दानी हु“दा प्mयाल्ने समस्या पनि देखिदैन ।

क) दोश्रो उपाय समुदाय तथा आम सर्वसाधारण हामी जनताहरुको कर्तव्य एवं दायित्व पालना गर्ने गराउने ।

१) सम्बन्धित ठाउ“का सर्वसाधारण हामी वासिन्दाहरुको कर्तव्य एवं व्यक्ति–व्यक्तिको कर्तव्य ।

धुलो, धुवा“, फोहर र र्दुगन्धले सबैभन्दा धेरै असर गर्ने हामी सर्वसाधारणलाई नै हो । सफा सुग्घर भनेको सभ्यताको संकेत हो भन्ने बुझेर पनि व्यवहारमा लागु गरेनौं भने हामिले आफुलाई धिक्र्कानु पर्ने हुन्छ । आधिकारिक जिम्मेवारी नगरपालिकाहरुको भएता पनि देशको राजधानीलाई फोहरमुक्त बनाउने कर्तव्य हामि यहा“का वासिन्दाहरुको पनि हो । “एक थुकी सुकी हजार थुकी नदी” भने झैं हामी सबै लागि प¥यौं भने हाम्रो राजधानी अवश्य सफा हुन्छ । यसकारण हामी यहा“ राजधानी काठमाण्डौमा वस्ने सम्पूर्ण उपत्यकावासीहरु सफा राजधानी बनाउने अभियानमा लागी परौं । यस सफाई अभियानमा हामिहरुले निम्नअनुसारको योगदान गर्न सक्छौं ।

१) फोहर जथाभावी नप्mयाल्ने तथा आप्mनो घर बढारेको फोहर घरबाट निकालेर बाटोमा प्mयााल्न बन्द गरौं । शहर फोहर हुने कारण नै हामि नगरबासीले आप्mनो फोहर मनलाग्दी प्mयाल्नाले हो ।

२) आप्mनो घर, पसल अगाडीको बाटो आफैले सफा गर्ने नियम बसालौं । सबैले आप्mनो वरिपरि आफैले बढार्ने गरियो भने अवश्य हाम्रो शहर सफा बन्ने छ ।

३) फोहर वर्गीकरण गरेर मात्र प्mयाल्ने नियम कडाईकासाथ पालना गर्ने । कतिपय फोहर आप्mनै करेसाबारीको लागि मल बनाउन मिल्ने, कतिपय जलाएर नष्ट गर्न मिल्ने र कतिपय बिक्री गरी आम्दानी गर्न मिल्नुको साथै यसले महानगरपालिनकालाई फोहर व्यवस्थापन गर्न मद्दत पुग्दछ ।

४¬ यात्रीहरुले यात्राका क्रममा खाएर निक्लीएको फोहर आप्mनै झोलामा राखी फोहर प्mयाल्ने ठाउ“मा मात्र प्mयाल्ने बानी बसाल्नु पर्दछ एवं जथाभावि बाटोमा प्mयाल्ने बानी तुरुन्त रोक्नु पर्छ । चुरोट, खैनी, पान, गुटखा, चकलेट, चुईङगम, चाउचाउ, विस्कुट, मिठ्याई र पेय पदार्थका खोल जथाभावि नप्mयाल्ने । साथै प्लाष्टिकजन्य फोहर, सिसाको फोहर, कुहिने फोहर छुट्ट्याएर तोकिएको डष्टविनमा मात्र प्याल्ने बानी बसाल्नु पर्दछ ।

५) हामि नेपालीको जथाभावी पिच–पिच थुक्ने सबै भन्दा नराम्रो बानी तुरुन्त त्याग गर्नु पर्दछ । पान, खैनि, चुरोट खाएर जथाभावी थुक्नु फोहरी र असभ्यताको परिचय हो । थुक्ने, मुत्ने जथाभावी गर्नाले हानीकारक किटाणु, जिवाणु फैलिनुका साथै वातावरण अशुद्ध हुन्छ र रोगहरु फैलिन्छ ।

६) विशेष गरी निर्माणधिन घर मालिनकहरुले ढु¨ा, माटो बालुवा गीटी ईट्टाका फोहर बाटोमा बाहिर जान नदिने नियम पालना गर्नु पर्दछ । निर्माणधिन क्षेत्र वरिपरि सार्वजनिक बाटोको सरसफाई सम्बन्धित व्यक्तिले नै गरेमा शहर सफा र धुलोरहित हुन ठूलो मद्दत पुग्दछ । करोडौं रुपिया“ खर्च गरेर घर बनाउदा एक दुईजना मजदुर थपेर शहर सफाईलाई ध्यान दिनु आप्mनो कर्तव्य सम्झिएर गर्नु पर्दछ ।
हामी हरेक नागरिकले उत्पादित फोहरलाई आफुले जथाभावी नप्mयाल्ने मात्र होईन अरुलाई पनि जथाभावी नप्mयाल्न अनुरोध गरेर फोहर व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गर्नु सभ्यताको परिचय र राष्ट्रको सम्मानको लागि अनिवार्य छ । सम्पूर्ण उपत्यकावासीहरुमा काठमाण्डौलाई धुवा“, धुलो र दुर्गन्धरहित सफा शहर बनाउने अभियानमा आ–आप्mनो ठाउ“बाटा आफुले सक्दो योगदान र सहयोग गरौं ।

ख) तेश्रो टोल सुधार समितीहरू बनाएर व्यवस्थापन र रेखदेख ।

सचेत नागरिकहरुले राजधानीलाई धुलो, धुवा“, फोहर तथा दुर्गन्धरहित शहर बनाउन हरेक टोलमा उपभोक्ता समिती बनाएर फोहर व्यवस्थापनको लागि महानगरपालिकासंग समन्वय र रेखदेख, नियन्त्रण, निरिक्षण तथा टोलवासीलाई परिचालन गर्न सकिन्छ । टोललाई सफा राख्ने र टोल फोहर भएमा कारण खोजेर समाधान गर्न सकिन्छ । जनचेतना फैल्याउने, फोहर गर्नेलाई खबरदारी गर्ने, टोल सफा राख्न महानगरपालिकासंग समन्वय गर्ने र आवश्यक परेमा टोलका घरमालिकहरु मिली सफाई समिती उठाएर भएपनि शहर सफा राख्ने. कृयाकलाप सञ्चालन गर्न सकिन्छ । राजधानीलाई सफा शहर बनाउन टोल–टोलबाट जागौं ।

ग) सञ्चार माध्यमहरुको दायित्व ।
सञ्चार माध्यमहरुलाई सरकारको चौथो अङ्ग पनि भनिन्छ । प्रजातान्त्रिक व्यवस्थामा जनताला्रई जागृत, सचेत सजग गराउने काम आम सञ्चार माध्यमहरुले मिलेर गर्न सक्छन र गरिरहेका पनि छन । फोहर व्यवस्थापन गर्न जनचेतना र फोहर वर्गिकरणलाई अभियानको रुपमा चलाई हाम्रो राजधानीलाई सफा शहर बनाउने काममा आम सञ्चार माध्यमहरु ऋभियानमा लाग्नुपर्ने देखिन्छ । सफा राजधानी बनाउन नारा सहित अभियान चलाउने सर्वसाधारणमा व्यापक जागरण ल्याउने, नियम विधि प्रणाली तौरतरिकाहरुको व्यापक प्रचार गर्ने काममा लागेर सञ्चार माध्यमहरुले पनि आप्mनो गहन भुमिका निर्वाह गरोस भनि अपेक्षा र अनुरोध गर्दछौं ।

घ) धेरै फोहर निक्लने ठाउ“ होटल, पसल, उद्योग, कारखाना र सार्वजनिक संस्थाहरुको दायित्व ।
राजधानीलाई सफा शहर बनाउन महानगर भित्र रहेका यस्ता फोहर धेरै उत्पादन हुने उद्योग व्यवसायहरुको फोहर व्यवस्थापनमा महत्वपूर्ण भुमिका रहन्छ । फोहर वर्गिकरणलाई कडाईकासाथ पालना गर्ने, आाप्mनो उद्योग व्यवसाय वरिपरिको बाटो र सार्वजनिक स्थलहरु सफा राख्न यस्ता उद्योग व्यवसायहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्छन । यस्ता उद्योग व्यवसायहरुले शहर सफा राख्ने प्रतिबद्धता सहित आप्mनो व्यवसाय सञ्चालन गरे भने राजधानीको फोहर व्यवस्थापनमा सहजता हुनेछ ।

ङ) सरकार एवं महानगरपालिका तथा सम्बन्धित निकायहरुको कर्तव्य
आधिकारिकरुपमा सबैभन्दा ठूलो फोहर व्यवस्थापनको जिम्मा नगरपालिका, महानगरपालिको हो । फोहर व्यवस्थापनमा महानगरपालिकाले बजेट खर्च गरिरहेकै छ । सफा शहर बनाउन नसकेता पनि फोहर व्यवस्थापनको मोटामोटी काम निरन्तर रुपमा गरिरहेकै छ । आम सर्वसाधारणले पनि महानगरपालिका कै जिम्मा हो भन्ने सोचेका छन । यसले आप्mनो शहरका वासिन्दालाई नियम र प्रणालि बनाएर लागु गराउन सक्छ । सचेत सर्वसाधारण र संघसंस्थाहरुले त आग्रह, अनुरोध मात्र गर्ने हो र सल्लाह सुझाव मात्र दिने हो । अहिलेको संविधान अनुसार आप्mनो शहर भित्रका आम सर्वसाधारणहरुको लागि कानून, नियम, प्रणालि बनाएर लागु गर्न बाद्य गराउने आधिकारिक अधिकार महानगरपालिकालाई नै छ । फोहर व्यवस्थापनको हकमा पनि राम्रो कामको क्रेडिट र नराम्रो कामको आलोचना पनि महानगरपालिकालाई नै जान्छ । बजेट देखि सबै सरकारी साधन, श्रोत, शक्ति पनि यससंगै हुन्छ । फोहर व्यवस्थापनको बृहत योजना र कार्यक्रम बनाएर राजधानीलाई धुवा“, धुलो, र्दुगन्ध र फोहररहित सफा शहर बनाउने आधिकारिक र अन्तिम शक्ति केन्द्र महानगरपालिनका नै हो । यसकारण हामी उपत्यकाका महानगरपालिका र नगरपालिकाहरुलाई फोहर व्यवस्थापन शाखाको अहिले सम्मको परम्परागत संगठनात्मक ढा“चा, व्यवस्थापन प्रणाली, प्रकृया, कार्यशैलि तथा निती नियममा परिवर्तन गरी फोहर व्यवस्थापन समस्याको स्थायी समाधानमा लाग्न अनुरोध गर्दछौं । सञ्चार माध्यम, विद्यालय कलेज तथा व्यक्ति–व्यक्ति मार्फत जनचेतना फैल्याएर हाम्रो राजधानीलाई धुवा, धुलो र फोहरबाट मुक्त बनाऔं । फोहर व्यवस्थापनसंग सम्बन्धित विज्ञ, संघसंस्था र व्यत्तिहरुबाट समेत आवश्यक सुझाव लिएर निम्नलिखित उपायहरु अवलम्बन गर्न सकिन्छ ।

१) फोहर वर्गिकरण गरेर मात्र संकलन गर्ने वर्गिकरणको नियम अनिवार्य पालना गराउने ।
२) वर्गिकरण अनुसार बोरा, झोला, स्टीकर बनाएर सर्वसाधारणलाई बिक्रि गरी उत्पादित फोहर वर्गिकरण अनुसार सम्बन्धित बोरा झोलामा मात्र संकलन गर्न लगाउने नियम अनिवार्य गर्ने । फोहर पन्छाउने प्mयाल्ने र बजेट खर्च गर्ने मात्र महानगरपालिकालाई यसलाई आम्दानी समेत गर्न सक्छ ।

३) व्यक्तिले सफा गर्ने, घर–घरले सफा गर्ने, व्यापारिक पसल फर्म उद्योगले सफा गर्ने, सार्वजनिक संस्थाहरुले सफा गर्ने, हरेक टोलको समितीले सफा गर्ने, नगरपालिका आफुले सफागर्ने सडक, बाटो बगैंचा र सार्वजनिक स्थलहरुको क्षेत्र, कर्तव्य र जिम्मेवारी निर्धाराण गर्ने । हरेकको कार्यक्षेत्र तोकेर शहरलाई सफा राख्न उत्तरदायी बनाउने प्रणाली र नियम बसाल्न सक्छ । फोहर व्यवस्थापन सम्बन्धी कानून नियम बनाएर लागु गर्न गराउन सक्छ ।

४) हरेक क्षेत्रमा हप्ताको बार, स्थान र समयको टाईमटेबल बनाएर निश्चित ठाउ“मा संकलन गर्ने व्यवस्था गर्ने ।
५) टोल–टोलमा आप्mनो घर, पसल, व्यवसाय अगाडीको बाटोमा नियमित रुपमा स्वयं आफैले सफा गर्ने नियम बनाउने । जस्तो कि कोरियामा हिउ“ परेको वेला आप्mनो घर अगाडि स्वयं घरमालिकले हिउ“ पन्छाउनुपर्ने नियम छ अन्यथा महानगरपालिकाले जरिवाना लगाउ“छ ।

६) फोहर व्यवस्थापन शाखाको संगठनात्मक ढा“चा, व्यवस्थापन प्रणालीलाई चुस्त दुरुस्त बनाउने । आ–आप्mनो जिम्माका सम्बन्धित कर्मचारीलाई जिम्मेवार, कर्तव्यनिष्ठ बनाएर उत्तरदायित्व बहन गर्ने गरी परिचालन गर्ने । जिम्मेवार कर्मचारीको जिम्माको क्षेत्रमा के कति सफा छ निरिक्षण गरी फोहर भएमा सम्बन्धित कर्मचारीलाई जिम्मेवार बनाउने एवं फोहर हुनुको कारण र निराकरणको उपायहरू अपनाउने ।

७) फोहर धेरै उत्पादन हुने होटल, रेष्टुरेण्ट, उद्योगधन्दा, अस्पताल, क्लिनिक, पसल, बजार, व्यवसायिक विल्डिङ, कम्प्लेक्स तथा सार्वजनिक संस्थाहरुका आधिकारीक व्यक्तिले अनिवार्य तालिम गरी प्रमाणपत्र लिनु पर्ने नियम गरी नियमित अनुगमन गर्ने ।

८¬) घर विल्डिङ निर्माणाधिन स्थलमा सम्बन्धित मालिकले सार्वजनिक गल्ली, बाटोमा फोहर नियमित सफा गर्नुपर्ने नियम ।

९) ठाउ“–ठाउ“मा पुर्नप्रयोग हुने फोहरको संकलन केन्द्र निर्माण तथा राख्ने ठाउ“को व्यवस्था गरिदिने । सिसा, पुराना कपडा, रासायनिक फोहर, प्लाष्टिकजन्य फोहर, विद्युतिय फोहरको लगायत । व्यवसायिकरुपमा खरिद बिक्री गर्ने केन्द्रहरुको स्थापना र प्रचार ।

१०) धुलो उडने सिमेन्ट, ईट्टा, ढुङ्गा, बालुवा, गीटी, पाउडर, चुन रंगरोगन, गाडी बनाउने ग्यारेज, बाईक ग्यारेज तथा फोहर हुने विभिन्न व्यवसायको व्यवस्थापन क्षेत्र निर्धारण ।

११) घरपालुवा कुकुर विरालो गाई भैंसीको अनुगमन निती नियम तथा भुस्याहा कुकुर छाडा गाईगोरुको व्यवस्थापन ।

१२) धुवा“ निकाल्ने मोटरसाईकल गाडिहरु मरम्मत र रिपेयरिङ गरेर धुवा“ ननिक्लने गरी मात्र चलाउने र धुवा निक्लने बाईक र सवारी साधनलाई प्रतिबन्ध लगाउने ।

१३) सार्वजनिक ठाउ“हरुमा वर्गिकरण अनुसारको फोहर राख्ने डस्टविनहरु राखिदिने ।

१४) मुख्य–मुख्य केन्द्रमा सार्वजनिक सौचालय नुहाउने घरहरुको निर्माण र व्यवस्थापन ।

१५) फोहर रिसाईक्लिन तथा सदुपयोग गर्ने विभिन्न उद्योगहरु स्थापना र त्यसको लागि प्रोत्साहनको निती अपनाउने ।

१६) फोहर हुने क्षेत्रको पहिचान, फोहर भएको कारण र त्यसको निराकरणको उपाय अबलम्बन गर्ने ।

१७) फोहर उपयोग गर्ने संघ संस्था व्यवसाय कवाडी उद्योग धन्दाहरुबिच समन्वय गराउने ।

यस प्रकार स्थानिय सरकारले कानून र स्थानिय सरकारी नियम बनाएर, सम्बन्धित व्यक्ति विभाग निकाय संघसंस्थालाई उत्तरदायी बनाएर, हालका प्रणाली र तौरतरिकामा आवश्यक परिवर्तन गरेर, पुर्नप्रयोग गर्न मिल्ने र नमिल्ने फोहर वर्गिकरण गरेर ।
ऋषिमुनी आयुर्वेद चबलबनद२थबजयय।अयm

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु