दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तिहारपछि पनि संविधान संशोधन भएन भने सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : डा. यादव

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १९:१२

काठमाडौं, २८ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादवले अझैपनि समय बाँकी रहेकोले संविधान संशोधन हुनेमा पार्टी आशावादी रहेको स्पष्ट पारे ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘सरकारले आफूहरुको माग सम्बोधन गर्न सक्दैनौं भनेर भनिदिएको भए हामीले यतिवेला सरकार छोडि सकेको हुन्थ्यौं । तर, समय बाँकी छ । संविधान संशोधनको लागि २ बुँदे सम्झौता गरेर हामी सरकारमा गएका छौं ।’

संविधान संशोधनको लागि प्रक्रियागत हिसाबले आफूहरु अगाडि बढ्नको लागि सरकारले जसरी गृहकार्य गर्नुपर्ने थियो त्यसमा जान नसकेको गुनासो पोखे । उनले भने,‘संविधान संशोधनको लागि सरकार जसरी होमर्वकमा जानुपर्दथ्यो, त्यसमा जान नसकेको कुरा सर्वविदितै छ। तर, कारण के भने दुइ तिहाईले संविधान संशोधन त गर्न सक्छ । अब संशोधन गरिसकेपछि सकभर आन्दोलनबाट उठेका मुद्दाहरु थिए । त्यसका साथसाथै यो बीचमा अझै कति देखा परेका छन् । ती सबै समष्टिगत रुपमा एकैपटक संशोधन गरेर जाने की भन्ने भावना प्रधानमन्त्रीजीको छ भन्ने भान हामीलाई परेको छ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्दिन भनेर अहिलेसम्म नभनेको बताउँदै नेता यादवले थपे,‘प्रधानमन्त्रीले त संविधान संशोधन गर्छु भन्नुभएको छ । हाम्रा आन्दोलनबाट उठेका माग र मुद्दाहरु छन्, त्यो साथसाथै अझै यो संविधान कार्यान्वयनको सन्दर्भमा देखिने सबै समस्याहरु, ती सबै समेटेर र सबै पक्षलाई सहमत गराएर यसमा संशोधन गराउँ भन्ने पक्षमा हुनुहुन्छ । तर, दुःखको कुरा के भनेदेखि, यो समय घर्किँदै जाँदा केही राज्य सञ्चालनको सन्दर्भमा कमिकमजोरी देखिएको छ । उहाँको पार्टीभित्रको केही असन्तुष्टिहरु देखिएका छन् । त्यो सबै कुराले हुन सक्छ प्रधानमन्त्रीले अहिले सबैलाई मिलाएर अघि बढाउने हिसाबले अहिले अघि बढ्न सक्नुभएको छैन होला ।’

तिहारपछि पनि संविधान संशोधन नभए बाध्य भएर सरकारबाट समर्थन फिर्ता लिने उनको चेतावनी दिए । उनले भने,‘तिहारपछि पनि प्रधानमन्त्री संविधान संशोधनको लागि यदि ठोस रुपमा अगाडि बढ्नु भएन भनेदेखि हामीले पनि बाध्य भएर सोच्नुपर्ने अवस्था आउँछ । त्यसपछि हामीले केही भनौंला ।’

यादवले सरकार सञ्चालनको विषयमा टिप्पणी गर्दै भने,‘अहिले सबै कुरा भनेजस्तो नभएपनि कम्तिमा लामो समयदेखि द्वन्द्वरतलाई हामीले संविधान जारी गरेर शान्तिको बाटोमा लैजानको लागि संविधान जारी गर्यौं । तर, केही कुराहरु बाँकी रहे ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु