प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

शेयर बजार : दोहोरो अङ्कले वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८, आईतवार १३:४३

काठमाडौँ: धितोपत्र बजारले नेपालीको महत्वपूर्ण पर्व दशैंँलाई हरियो झण्डा देखाएर स्वागत गर्ने सङ्केत गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक १४ दशमलब १५ विन्दुले बढेर एक हजार २४२ दशमलब ४३ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ५१ विन्दुले बढेको छ ।

समग्रमा आज नेप्से १ दशमलब १५ विन्दुले बढेको हो । कूल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता शेयर रु २६ करोड ९९ लाख १३ हजार ७२९ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्से परिसूचक उल्लेख्य मात्रामा बढेपनि कारोबार रकममा भने सोचेजति वृद्धि हुन सकेन । कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर भने घटेको छ । जलविद्युत् १ दशमलब ३१ र उत्पादन ९५दशमलब ७३ विन्दुले घटेको छ । यस्तै बैंकिङ १७ दशमलब ३७, होटल ५५ दशमलब ३४, विकास बैंक १८ दशमलब १५, वित्त ३ दशमलब २४, निर्जीवन बीमा ८७ दशमलब ६१, अन्य ४ दशमलब २७, माइक्रोफाइनान्स ११ दशमलब १४, जीवन बीमा ५७ दशमलब ४९ विन्दुले बढेका छन् ।

स्टकका अनुसार आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्सका शेयरधनीले कमाएका छन् भने यूनिलिभर, पञ्चकन्या माई हाइड्रोपावर, ङादी समूहका लगानीकर्ताले आज गुमाएका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु