चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

मलेसियाका पुर्वउपप्रधानमन्त्री अन्वारको पुनरागवन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८, आईतवार १३:४२

पोर्ट सिडक्सनः पुर्ववर्ती सरकारको पालामा जेल सजाय भोगेका मलेसियालीका पुर्वउपप्रधामन्त्री अन्वर इब्राहिम फेरी मुलधारको राजनीतिमा फर्केका छन् । उनी शनिबार भएको निर्वाचनमा विजयी हुदै मुलधारको राजनीतिमा फर्केको समाचारमा जनाइएको छ । यो सँगै उनले राजनीतिक पुनर्जीवन पाएका छन् । उनलाई मुलधारको राजनीतिमा फर्काउन शनिबार उपनिर्वाचन भएको थियो । शनिबारको निर्वाचनमा उहाँले झण्डै ७० प्रतिशत मत प्राप्त गरी विजयी भएका छन्। निर्वाचन जितेपछि उनले अर्को वर्ष प्रधानमन्त्री बन्ने यसअघि नै सहमति भएको थियो ।

यसअघि भएको आमनिर्वाचनमा वर्तमान प्रधानमन्त्री महाथिर मोहम्मद र अन्वरको पार्टीले गठबन्धन गरेर शुरुमा महाथिर प्रधानमन्त्री बन्ने र त्यसपछि अन्वरलाई नेतृत्व दिने सहमति भएको बताइएको थियो । राजनीतिबाट विश्रम लिनु भएका ९३ वर्षीय महाथिरले मुलुक गलत बाटोमा गएको भन्दै त्यसलाई सही मार्गमा ल्याउन आफूहरुले गठबन्धन गरेर फेरि राजनीतिमा फर्किनु परेको बताएका थिए । अन्वरलाई पूर्ववर्ती सरकारले भ्रष्टाचार गरेको आरोप लगाउँदै काराबासको सजाय दिएको थियो । महाथिरको सरकार बनेपछि उहाँलाई रिहा गरिएको थियो ।

अहिले भने अन्वरलाई जेल हाल्ने उनै निवर्तमान प्रधानमन्त्री नाजिब रजाकलाई भ्रष्टाचारको अभियोग लागेको छ । भ्रष्टाचार नियन्त्रणसम्वन्धी निकायमार्फत् अनुसन्धान भइरहेको छ । भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका ७१ वर्षीय अन्वारका सामु मुलुकलाई सुशासन र स्थिरता दिनेलगायतका चुनौतीहरु रहेको समाचारमा जनाइएको छ । उनलाई आफूहरुले मलेसियाको भावी प्रधानमन्त्रीका रुपमा हेरेको भन्दै उनको निर्वाचन क्षेत्रका मतदाताहरुले आफूहरुले भावी प्रधानमन्त्रीलाई मतदान गरेको बताएका थिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु