तिनको दशै का गयो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २९ गते, सोमबार ०२:१९

पीडा पोल्छ जतततै हृदयमा लागेन निन्द्रा पनि प्यारा बालकको दशा छ मनमा केले सघाउ भनी सोच्दै यो दुखको समाज दिलमा ढुङ्गा बसेझै भयो नाङ्गै बलक फालियो सडकमा तिन्को दशै का गयो ढुङ्गामा सब देवताहरु भये बोल्दै नबोल्ने किन सारै दुःख र कष्टमा छ दुनियाँ यस्तो नदेखि कन उल्टै दुध फलादी व्यर्थ सव ती फालिन्छ द्यौता भनि भोको बालक रोई बस्छ विचरा देख्दैन कोही पनि द्यौताका सव सन्ततीहरु भए यो भेद केले गर्यो आशिर्वाद सवै धनिहरुलिने गरिव के मा पर्यो नाँगो बालक रुन्छ मन्दिर संगै देख्दैन कोही पनि मिष्टान्नै लिई पुज्दछन् धनिहरु द्यौता खुशी हुन भनि लगाएँ कपडा सुकिलो मुकिलो सडक्मा पुगे देख्छु नांगो भुतुंगो त्यसैले मलाई लिई दिन्छ हुर्मत सवैलाई पुग्ने गरि के दिनेहो कति भोक भोकै मरेका म देख्नु कतिको सधैनै सडक् मै छ बस्नु म मात्रै अघाई हिडेको छु ऐले ए सर्कार मेरो कि यिन्को पनि हो ढुङ्गो बोल्छ र न्वाउदा दूध सधै पोखिन्छ ब्यर्थै कति जाउ फुल चढाउ बालक पिउन त्यो दूध पोखे जति ल्याउ चाढ दशै सवै घर घरै उल्लासमा रंगियोस तिम्रो साशनको मिठास सहजै मान्छेहरुमा पुगोस बाबाधामको कोसेली

२८ आश्विन २०७५

शिव अधिकरी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु