तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

च्याङ्ग्रा महँगियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन ३०, मंगलवार ०१:५०
बागलुङ, २९ असोज (रासस) ः यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् ।
च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो ।
“रु २३ हजार मुस्ताङमै प¥यो” उहाँले भन्नुभयो, “गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो ।” च्याङ्ग्रा खरीदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ । पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरीद गर्न थालेका छन् । केसीले ल्याएका १०१ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन् ।
उहाँलगायत बागलुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन् । च्याङ्ग्रा यहाँ ल्याइ पु¥याउँदा व्यवसायीले तीन÷चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन् । यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन् । अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताउनुभयो ।
“एकै वर्षमा चार÷पाँच हजार महँगो भयो”, उहाँले भन्नुभयो, “च्याङ्ग्राको व्यापार जोखिमपूर्ण छ ।” थापााले ७० वटा च्याङ्ग्रा बागलुङ भित्राउनुभएको छ । जोमसोम पुगेर ल्याएका च्याङ्ग्रा बेच्दा एक÷दुई हजार नाफा निकाल्न पनि धौ–धौ भएको उहाँको भनाइ छ ।
व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताउनुभयो । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् । जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ । प्रतिकिलो रु १२ सय तिरेर च्याङ्ग्राको मासु किनेको बागलुङ नगरपालिका–४ का गोविन्द्रप्रसाद शर्माले बताउनुभयो ।
महँगै परे पनि उपभोक्ताले च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडाँैसम्म पु¥याइन्छ । पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु