एउटै रेसिपी बाट धेरै परिकार खसीको सेकुवा , खसीको तास, खसीको कसौडी कबाब, खसीको ग्रेभी मासु,
-बाबु शरण श्रेष्ठ (Babu) Sharan Shrestha
यजुकेटीभ चेफ (Executive Chef)
घरको लागी दशैँको उपहार
सर्ब प्रथम हाम्रो घर दैलो मा आउदै गरेको हामि हिन्दुहरुको महान चाड बडा दशैँको उपलछ्यामा सम्पूर्ण नेपाली हरुमा हार्दिक मंगल माया शुभकामना दिन चाहान्छु। हामि हिदुहरुले मनाउने हरेक चाडपर्ब मधेको एक महान चाड हो बडा दशैँ । अहिलेको परिबर्तन र सिर्जनसिल समयमा मानिस हरुले धेरै कुरामा आफुले आफुलाई परिबर्तन गरिसकेको छ यस्तै हरेक चाड पर्बपनि समय अनुसार र आफ्नो परिबर्तन संगै आफ्नो अफ्नो तरिकाले चाड पर्ब मनाउन पनि थालिसकेको छ । कतिपय कुराहरुमा त बडा दसैँ मनाउन मा पनि आफुले आफुलाई परिबर्तन गरिसकेको छ तरपनि हामी नेपालीमा एउटा छाप हाम्रा पुस्ताले छाडेको छ त्यो छाप सम्झादा पनी रमाइलो र आनन्द लाग्छ ।
अहिलेको समयमा हामीले जतिखेर जे चाहियो तेतिखेरै उपलब्ध गराउछौ तर पनि यो दसैमा नया लुगा लगाउने मिठो मिठो खानाहरु बनायर खाने पिंग खेल्ने टिका लगाउने र अरुबेलामा चाही कहिलेइपनी नसम्झने जमरा यतिखेर चाही जमाराकै फुल कानमा लगाउने चलन ले हाम्रो मनलाई अझै प्रफुल्ल बनाउछ।
अझै भन्ने हो भने सबैको घरमा सधै जसो मासु खाने गरेतापनि दसैमा भने सिंगे खसी ढालेर खानेको होडबाजी अहिलेपनि छ । म अहिले अहि खसीको कुरा गर्दै छु । सबैको घरमा खसी त कातिन्छ तर रमाइलो गर्न साथै खसीको मिठो परिकार खान भने हामि होटेल,रेस्टुरेन्ट धाउनु परेको छ । म आज हामी हिन्दुहरुको महान चाड बडा दसैँ हाम्रो घरको दैलोमा आइसकेको बेलामा घरमा काटिने खसीलाई घरमै बसेर घरपरिवार संगै रमाइलो गर्दै आफैले परिकार तयार गरी रमाइलो गर्ने रेसेपी पेस गर्दै छु।
एउतै रेसिपी बाट धेरै परिकार
१)खसीको सेकुवा
२) खसीको तास
३) खसीको कसौडी कबाब
४) खसीको ग्रेभी मासु
सारांस ……. सबै कुरा परिबर्तन भय जस्तै हाम्रो हरेक दिनको खान पान र कार्य सैली परिबर्तन भयकै कारण हामी सबैको सरिर को बनोट पनि परिनार्तन भयको छ तेसैले म सबै लाइ अनुरोध गर्दछु । परिकार मिठो भयो भन्दैमा हाम्रो सरिर् लाइ आबस्यक पर्ने खनिज पदार्थ भन्दा बदी भयो भने यसले हामीलाई हस्पितल मा पनि पुर्याउन सक्छ तेसैले अफ्नो स्वास्थको ख्याल गर्न म अनुरोध गर्द छु।
खसीको सेकुवा
सामग्री-
खसीको मासुको —————–५ के जी ९ ८,८ ग्रस्मको पिस गर्ने, छाला र हड्डी नराख्ने
अधुवा र लसुनको पेस्ट —————–५ चम्चा
तोरीको तेल —————–३५० मि लि
सादा दहि —————–४०० ग्राम
बेसारको धुलो —————–३ चम्चा
जीराको धुलो —————–५ चम्चा
धनीयाको धुलो —————–५ चम्चा
रातो खुर्सानीको धुलो —————–४ चम्चा (स्वाद अनुसार)
गरम मसला धुलो —————–३।५ चम्चा
कागतीको रस —————–१० चम्चा
नुन —————–आबस्यक अनुसार
पकाउने बिधि
सबै समान तयार भएपछी एउटा सफा भाडामा राखेर राम्रो संग हातले द्द मेनेट जति मोल्ने यसरि मोल्दा सबै मसला राम्रो संग मोलिनुको साथै मासु बाट मिठो बासना आउन थाल्छ । अब यो मासुलाई द्द घण्टा जति फ्रीज मा राख्नु पर्छ यसरि राख्दा मासुलाई मसालले पनि पकाउने काम गर्छ साथै मिठो पनि हुन्छ।
द्द घण्टा पछी मासुलाई फलामको झिर मा १,१ गर्दै उन्नु र कोइला बाट बनेको आगोको ताप भन्दा द्द इन्च मथिबता सेकाउनु पर्छ यसरि मासुलाई फर्काइ फर्काइ १२ देखि १५ मिनेट सम्म सेकयापछी मासु रातो भएपछी खसीको सेकुवा तयार हुन्छ ।
मासु सेकाउदा खेरि धेरै कालो हुने गरि पनि नसकाउनु होला जसले स्वसतहलाई बेफाइदा हुन्छ र कचोपनी नखानु होला।
खसीको तास
खसीको सेकुवालाइ तयार बनेको मासु मा अधुवा र सुकेको खोर्सनिलाई खालमा थिचेर मिक्स गर्ने तासको लागि भने मासुको पिस अलि ठुलो हुनु पर्छर अलि अलि हड्डी । छाला मिक्स गर्दामा पनि तास राम्रो हुन्छ।
सेकुवामा जस्तै द्द घण्टा सम्म फ्रिजमा राखिसकेपछि तावामा थोरै तोरीको तेल राखेर मासुलाई फिजायार स्लो हिटमा चलाउदै (डाम्ने) ,भुट्ने मासु रातो भएर भुटीएपछी तास तयार हुन्छ । हामीले तासलाई जे संगपनी खान सक्छौ।
खसीको कसौडी कबाब
खसीको सेकुवाको लागि तयार बनाएको मासुलाई पित्तलको कसौडी मा राखी सानो तापमा चलाउदै भुट्ने जब मासुबाट तेल आउन थाल्छ मथिबाट कसौडी को मुख संग मिल्ने थाल ले छोप्ने र थालमा पानि राख्ने । सानो तापको सहयोगमा मासुलाई नचलाइकन पकाई राख्ने जब ४५ मिनेट सम्ममा थालको पानि सुक्छ, थाल लाइ बाहिर निकाली मासुलाई बिस्तारै चलाउने र आगो निभायर छोपेर राख्ने । कसौडी कबाब तयार भै सकेको छ अब तपाई आफ्नो फ्यामिली संग बसेर कसौडी कबाब् को मजा लिन सक्नु हुन्छ। कसौडी कबाब मा पनि पिस अलि ठुलो र छाला हड्डी सहितको मिक्स भयो भने खानलाई अझै मझा आउछ।
खसीको ग्रेभी मासु
खसीको कसौडी कबाब लाइ तयार गरेको १ के जी मासुमा १०० ग्राम सुकेको प्याज र १०० ग्राम गोल्भेडालाई मसिनो हुनेगरी काट्ने र मासुमै मिसाएर केहीबेर मोल्नेर अब कसौडी कबाब् पकाए जस्तै गरि मासुलाई भुट्ने मासुलाइ सानोतापमा १० मिनेट भुटे पछी ७०० मिलिलिटर पानि राख्ने र १५ मिनेट उमाली राख्नेर जब मासु पक्छ हरियो धनियालाई मसिनो गरि काटेर मासुमा मिक्स गर्ने । खसीको ग्रेभी मासु मा आबस्यक अनुसार नुन थप्न नभुल्नु होला । खसीको ग्रेभी तयार हुन्छ अब तपाइँ आफ्नो फ्यमिली संग बसेर खसीको ग्रेभिको मजा लिन सक्नु हुन्छ।