हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • खाद्य संस्थानको खसीबोका किन्ने सोच बदलुस, जानु भयो भने रित्तो हात फर्कनुपर्नेछ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ आश्विन २०७५, बुधबार ०१:५६

    काठमाडौँःसरकारले दशैँका अवसरमा उपत्यकामा बिक्री गर्न ल्याएको ३०७ वटै खसीबोका बिक्री भएको छ । नेपाल खाद्य संस्थानले मकवानपुरबाट ३०७ वटा खसीबोका खरिद गरेर ल्याएको थियो । दाङलगायत पश्चिमी जिल्लाबाट करीब हजार खसीबोका खरिद गर्ने लक्ष्य राखिए पनि संस्थानले पश्चिमी क्षेत्रबाट खसीबोका खरिद गर्न नसकेपछि मकवानपुरबाट ल्याएको हो । निजी क्षेत्रका व्यापारीले कृषकलाई उच्च मूल्य दिएका कारण लक्ष्यअनुसारको खसीबोका खरिद गर्न नसकिएको संस्थानका प्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए। संस्थानले आज बिहानसम्म ६५० च्याङ्ग्रा बिक्री गरिसकेको छ । मुस्ताङबाट ९२० च्याङ्ग्रा खरिद गरी ल्याइएको थियो ।

    खसीबोका प्रतिकिलो रु ५०० र च्याङ्ग्रा प्रतिकिलो रु ७०० मा बिक्री वितरण गरिएको संस्थानले जनाएको छ । थापाथलीस्थित संस्थानको धान गोदामबाट ती खासीबोका, च्याङ्ग्रा सर्वसाधारणका लागि बिक्री गरिएको थियो । यसअघिका वर्षमा खसीबोका तथा च्याङ्ग्रा बिरामी परेर संस्थानलाई नोक्सान हुने गरे पनि यसपटक भने कुनै पनि चौपाया बिरामी नपरेको प्रवक्ता सापकोटाले बताए ।

    संस्थानले मुस्ताङबाट च्याङ्ग्रा प्रतिकिलो रु ५२५ र मकवानपुरबाट खसीबोका प्रतिकिलो ४३० मा खरिद गरेर ल्याएको थियो । मङ्गलबार साँझसम्म च्याङ्ग्रा बिक्री गरेर सक्ने लक्ष्य संस्थानको छ । बाँकी च्याङ्ग्रा बिक्री गरेपछि मात्र आर्थिक कारोवारको तथ्याङ्क सार्वजनिक गरिने संस्थानले जनाएको छ । संस्थानले गत शुक्रबारदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री शुरु गरेको थियो । निजी क्षेत्रका व्यापारीको एकाधिकार तोड्न सरकारले बर्सेनि संस्थानमार्फत खसीबोका तथा च्याङ्ग्रा खरिद गरी बिक्री वितरण गर्ने गरेको छ । बजारमा सरकारको उपस्थिति नहुँदा निजी क्षेत्रका व्यापारीले चाडपर्वको मौकाछोपी उपभोक्तालाई चर्को मूल्यमा खसीबोका तथा च्याङ्ग्रा बिक्री वितरण गर्दै आएको पाइन्छ ।

    संस्थानको खसीबोका सकिएपछि निजी क्षेत्रका व्यापारीबाट उपभोक्ता ठगिनु नपरोस् भन्ने उद्देश्यले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खसी बजारको अनुगमनलाई तीव्रता दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले अस्वभाविक मूल्य राखेर खसीबोका बिक्री गरेको पाइए व्यापारीलाई कडा कारवाही हुने बताए।

    श्राेतः janasawal.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु