काठमाडौं,साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ दुबईबाट पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो । दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको छ । तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ । श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।
श्राेतः janasawal.com