आज देवीको सिद्धिदात्री रुपको पूजा गरिन्छ । नौ वटा कुमारीहरु जम्मा गरेर पनि आजै पूजा हुन्छ। अब यो नामको अर्थतिर लागौं। सिद्धि भनेको के हो त ? पुरानो नेपाली बृहत् शब्दकोशको सहयोग लिन चाहें। योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति।अष्ट सिद्धि। सफलता। मोक्ष। थालेको कर्मको निर्विघ्न समाप्ति । निपुणता। दात्रीको अर्थ प्रदान गर्ने स्त्री हो। देवी भागवतमा सिद्धिदात्रीले सधैं अभय दिन्छिन् भनिएको छ। काठमाडौंमा रहेको तुलजा भवानीको मन्दिर आज मात्र दर्शनार्थीका लागि खुला हुन्छ ।