२ कार्तिक । बडादशै अन्तर्गत आज विजयादशमी । मान्यजनको हातबाट टिका र आशिर्वाद ग्रहण गरि मनाइदैछ । दशैको टिकाको उत्तम साइत विहान ९ बजेर ५१ मिनेटमा भएपनि आज दिनैभर टिका लगाउन हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । आज आफ्नो मान्यजनको हातबाट दुर्गा भवानीको प्रसाद स्वरुप टिका र जमरा लगाएर आशिर्वाद लिने चलन छ । आज विहानैदेखि निधारमा रातो टिका र कानमा पहेलो जमरा सिउरेर हिड्नेहरुको चहलपहल छ । टिकाको दिन आफ्ना सबै मान्यजनकोमा पुग्न नसकेकाहरु पूर्णिमाको दिन सम्ममा टिका थाप्न जाने चलन पनि छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाएपछि यस बर्षको बडादशैँ समापन हुनेछ