ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

सरकाले दुई तिहाईको दम्भ देखाएको छैन, सबै मिलेर अघि बढ्नुपर्छ : शर्मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ३, शनिबार १५:३४

काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले सरकारलाई खबरदारी गर्ने प्रतिपक्षी दलको धर्म भएकोले राष्ट्रिय विकास निर्माणको काममा सँगसँगै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएको छैन्। सरकार गठन भएको भर्खरै ७ महिना भएको छ । हिजो विगतमा दुई तिहाईको दम्भ देखाएर विपीको सरकार पनि ढलेको होईन् । पार्टीभित्रकै अलोकतान्त्रिक गतिविधिका कारण विपीको सरकार ढलेको हो ।’

नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूहरुले सँगै लडेको सुनाउँदै शर्माले आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने धारणा राखे । कालाबजारी र सामाजिक असुरक्षाका विषयमा सबै दलहरु एकजुट भएर अघि बढ्नुपर्ने पनि उनले धारणा राखे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार परिवर्तन भयो भने कालाबजारीहरु हामी राजनीतिक दलकै संरक्षणमा टाउको उठाउँछन् । हिजो ०४७ सालमा भएको पनि त्यही हो । हामी सबै कालाबजारी, सामाजिक असुरक्षा र भ्रष्टाचारीको विरुद्धमा लड्नुपर्छ । जसले भ्रष्टाचार गरेका छन्, कर्मचारी पनि पक्राउ परेका छन् । अरु पनि पक्राउ परेका छन् । ती कसको झण्डामुनि पक्रिएका छन् ? भनेर हामी सम्पूर्ण राजनीतिक दलहरुले आत्मसमिक्षा गर्नुपर्छ । भ्रष्टाचारका विरुद्ध सत्तापक्ष र प्रतिपक्ष सबै एक ढिक्का भएर लड्नुपर्छ ।’

भ्रष्टाचारीहरुप्रति अब सबै दल अनुदार बन्नुपर्ने उनको धारणा छ । उनले राष्ट्रिय गौरवको आयोजना निर्माण गर्ने विषयमा कसैले विरोध गर्न नहुने उनले बताए । उनले भने,‘यो ७० वर्षको अवधिमा उर्जामा हामीले कति विकास गर्यौं ? अब समिक्षा गरौं । लायक भनेपनि हामी नैं हौं । नालायक भनेपनि हामी नै हौं ।’ सरकारको बारेमा आलोचना र विरोध गरेरमात्रै विकार र समृद्धि नहुने उनले जिकिर गरे ।

फरक प्रसँगमा उनले मधेशको मुद्दा सम्बोधन गर्न आफूहरु तयार रहेको विश्वास दिलाए । उनले भने,‘संविधान संशोधन गर्नैपर्छ । राष्ट्रिय सहमति कायम गरेर संशोधन गर्नुपर्छ । यसमा एकरुपता कायम गर्नुपर्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु