दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ३ गते, शनिबार २१:३८

कात्तिक ३ चितवन। बलिउडका महानायक अमिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिने भएका छन्। महानायक बच्चनले उत्तर प्रदेशका ८ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा मद्दत गर्ने घोषणा गरेका हुन्।

अमिताभ बच्चनले यसअघि महाराष्ट्रका ३ सय ५० भन्दा बढी किसानको ऋण तिर्नमा सहयोग गरेका थिए। उनले ऋण तिर्न नसकेर आत्महत्याको कदम उठाउन बाध्य किसानलार्इ रोक्न आफूले ऋण तिरिदिने निर्णय गरेको उल्लेख गरेको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

यसअघि आन्ध्र प्रदेश र विदर्भका किसानको ऋण पनि महानायक बच्चनले तिरिदिएका थिए। पछिल्लो समय युपीका किसान ऋण समस्यामा रहेको जानकारी पाएपछि अमिताभले ५.५ कराड भन्दा बढी ऋण रकम तिरेर सहयोग गर्ने बताएका हुन्।

कौन बनेगा करोडपति कार्यक्रमका सञ्चालक समेत रहेका अमिताभले गरिबलार्इ सहयोग गर्न पाउँदा आफूलार्इ सन्तुष्टि मिल्ने बताएको भारतीय समाचार माध्यमले जनाएको छ।
अमिताभ बच्चनले केही दिनअघि महाराष्ट्रका ४४ सहिद परिवारलार्इ पनि आर्थिक सहयोग गरेका थिए।

visionsansar.com बाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु