• भार​त​मा नेपाली शान​, गुञ्जियो मेनुकाको आवाज​ (भिडियो सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ कार्तिक २०७५, सोमबार ०५:०४

    मेनुका पौडेल​की कार​ण​ अहिले भार​त​मा नेपाल​ र​ नेपाली कलाको एक प​ट​क फेरि प्र​शंसा सुरु भ​एको छ​ । नेपाली रियालिटी शो नेपाल आइडलमार्फत सबै नेपालीको मन जितेकी गायिका मेनुका पौडेलको सुमधुर आवाजलाई आज पनि कसैले बिर्सन सकेको छैन । नेपाल आइडलबाट अपेक्षितरुपमा बाहिरीएकी उनले त्यसपछि पनि आफनो सांगेतिक प्रस्तुतीलाई रोकिनन् ।

     

    सांगेतिक क्षेत्रमा केही गर्ने सोचका साथ लागि परेकी उनी भारतकै चर्चित गायन रियालिटी शो ‘सारेगामापा’ मा अडिसन राउण्डबाट सेलेक्ट भएकी थिईन् । नेपालमा पहिलो पटक सारेगामापा को अडिसन भएको थियो जसबाट उनी चुनिएकी थिईन् । जि टिभीबाट प्रसारण भएको उक्त रियालिटी शोमा मेनुकाले मनै छुने प्रस्तुती दिएर मेघा अडिसनका लागि छनौट भएकी छिन् । उनले लता मंगेशकरको आवाजमा रहेको “जाने क्या बात है” गीत गाउँदा शोमा उपस्थिती जजसंगै जुरी मेम्बरहरु समेत रोएका थिए भने उनको प्रस्तुतीको सरहाना गर्दे सबै जजहरुले स्ट्याण्डिङ ओभिसन दिएका थिए ।

     

    जजको रुपमा रहेका संगितकार शेखर रबजानी , सोना मोहपत्रा र वाजिद खानले मेनुकाको खुलेर प्रशंसा गरे भने शेखरले त आफनो आँसु थाम्नै सकेनन् । उनी भन्छिन् “तिम्रो गायनको जज गर्ने मेरो कुनै औकात छैन” ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु