आज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

एभरेष्ट प्रिमियर लिग मंसिर २२ गतेबाट सुरू हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ५, सोमबार १२:३९

काठमाडाैं ।

तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात मंसिर २२ गतेबाट ७ पुससम्म हुन जानकारी गराएको हो ।

इपिएलका प्रवन्ध निर्देशक आमिर अख्तरले यसपटकको लिग अघिल्लो वर्षको तुलनानमा भव्य हुने बताएका छन् । उनले यसपटक उत्कृष्ट विदेशी खेलाडीसँगै उत्कृष्ट विदेशी प्रशिक्षक ल्याउने समेत बताए ।
यसपटकको इपिएल १५ दिनसम्म चलनेछ । हरेक दिन एक खेल गराउने आयोजकले जनाएको छ । यस प्रतियोगिताको लागि आयोजकले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) लाई अप्रुभको लागि आवश्यक सामग्रीहरु पठाइ सकिएको र प्रतियोगिता हुनु अघिसम्म मान्यता पाउनेमा आयोजकले विश्वास लिएको छ ।

पहिलो संस्करणमा पञ्चकधन्य तेज च्याम्पियन बन्दा गतवर्ष नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स च्याम्पियन बनेको थियो ।

फ्रेन्चाइजको आधारमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमहरुमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु