सरकार असफल भैसक्यो, गम्भिर जोखिममा छ : एन.पी. साउद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ६ गते, मंगलवार ११:३१

यो ८ महिनामा सरकारले मुलुकको अर्थतन्त्र तहसनहस बनायो’

काठमाडौं, ६ कात्तिक ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री एन.पी. साउदले वर्तमान सरकार असफल भैसकेकोले गम्भिर जोखिममा रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘वर्तमान सरकार आन्तरिक द्वन्द्वको चक्रव्यूहमा परेको छ । हामीले सरकारको आलोचना गर्नु त धर्म नै हो । तर, नेकपाकै बरिष्ठ नेता, त्यो पनि पूर्वप्रधानमन्त्रीजस्तो नेताले सरकारको गम्भिर आलोचना गर्नुभएको छ । यो सरकार धेरै चल्नुहुँदैन् भनेर भन्नुभएको छ ।’

सरकारले अहिलेसम्म राहतका काम केही पनि गर्न नसकेको उनले गम्भिर आरोप लगाए । उनले भने,‘चामल, दाल, तेल, चिनीको मुल्य वृद्धि गरिएको छ । दैनिक उपभोग्य वस्तुको मुल्य उपभोक्ताको ढाड सेक्नेगरि बढाईएको छ । जिम्मेवार मन्त्रीहरु तस्करहरुलाई संरक्षण दिने काम गरिरहेका छन् । चिनीको मुल्यवृद्धि पनि त्यसैको परिणाम हो ।’

सरकारले समृद्धि हाँसिल गर्नु त टाढाको विषय भएको बताउँदै उनले भने,‘अहिले कर्मचारीको तलब दिन सक्ने अवस्था पनि छैन् । कर्मचारीलाई तलब नदिँदा दशैं मनाउन पाएनन् । आर्थिक विपतको पूर्व संकेत देखा परिसकेको छ । यो ८ महिनामा मुलुकको अर्थतन्त्र सरकारले तहसनहस पारेको छ । समृद्धि र स्थिरतामा सरकार असफल भएको छ ।’ संविधान कार्यान्वयन गर्नपनि सरकार असफल भएको उनले गम्भिर आरोप लगाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु