प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

केपी ओली सफल प्रधानमन्त्री हो, उहाँले अब अर्को चमत्कार गर्नुहुन्छ : सल्लाहकार मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ६, मंगलवार ११:३४

काठमाडौं, ६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले वर्तमान सरकारको यो ८ महिने कार्यकाल पूर्ण सफल रहेको दाबी गरेका छन् । उनले भने,‘सरकार असफल भयो भनेर विपक्षी दलले लगाएको आरोपमा कुनै सत्यता छैन् । सरकार अब ‘एक्शन–ओरिएण्टेड’ हुन्छ ।’ यद्धपी उनले जनताको चाहनाअनुसार अहिले काम भने हुन नसकेको स्वीकार गरे ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मैनालीले भने,‘जनताका आकांक्षा र चाहनाबमोजिम काम हुन सकेका छैनन् । कामहरु भैरहेका छन् तर, जुन रफ्तारमा हुनुपर्ने हो भने त्यो हुन सकेको छैन् । यो सरकारले जुन अवस्थामा आफ्नो जिम्मेवारी सम्हालेको थियो, त्यतिवेला हामी जनताको चाहना सम्बोधन गर्न सक्ने अवस्थामा थिएनौं । जनताको चाहना पूरा गराउने केन्द्रविन्दु भनेको नै बजेट हो ।’ सरकारबारे भैरहेका आलोचनाहरुलाई आफूले स्वभाविक रुपमा लिएको पनि उनले सुनाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु