तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन्, सरकार अहिले धेरै पछि पर्यो : महासचिव मैनाली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ६, मंगलवार ११:३८

काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो । चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ । हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेका बढै छन् । यसमा सरकार चुकेको छ ।’ त्यस्तै उनले सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएकोपनि आरोप लगाए ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको उनको आरोप छ । उनले भने,‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’

सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’
फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु