प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

कार्यक्रममा सहभागी भएकै कारण एनआरएनए मध्यपूर्व संयोजक शर्मा पक्राउ परेको पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ७, बुधबार ०४:२६

काठमाडौँ, ७ कात्तिक । कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाएका गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा (आरके) कतारमा केही दिनदेखि अज्ञात अवस्थामा रहेको खबर सार्वजनिक भैरहदा उनलाई सामान्य सोधपुछका लागि कतार प्रहरीले लगेको पुष्टि भएको छ । केहि दिन अघि आफ्नो कार्यालयबाट नै केही सेता लुगा लगाएर आएका व्यक्तिले लिएर गएको पारिवारिक स्रोतले जानकारी दिइरहदा शर्माको अवस्था अहिले उनी परिवारको सम्पर्कमा आएको उनका भाई युवराज शर्माले बताए । केहि दिन अघि कतारमा आयोजित एक नेपाली सांस्कृतिक कार्यक्रममा प्रर्दशन गरिएको नाटकको विषयवस्तुका कारण शर्मालाई सोधपुछका लागि लगिएको बुझिएको छ । उक्त नाटकमा नेपाली कामदार माथि रोजगारदाताले दिएको पीडा पनि समेटिएको थियो र त्यस कार्यक्रममा शर्मा विषेष अतिथी थिए । शर्मासहित अन्य ३ जना नेपाली समेत सम्पर्क बाहिर रहेको बताइएको थियो । नेपाली कलाकार ल्याएर केही अगाडि गरिएको कार्यक्रम लगत्तै शर्मासहित सो कार्यक्रमका आयोजक शक्ति क्षेत्री, कलाकार रित कुमार श्रेष्ठ, कृष्ण ढकाल र राम बोहरा समेत सोही दिनदेखि सम्पर्क बाहिर रहेका थिए । कतारमा विभिन्न कार्यक्रम नेपाली समुदायले गर्ने गर्दछन् । कतारमा प्रहरी वा सिआइडीलाई शंका लागेमा जोकोहीलाई सोधपुछका लागि लान सक्ने प्रावधान छ । ‘केही दिनदेखि हाम्रो सम्पर्कमा दाई हुनुहुन्न, हामीले कतार प्रहरीमा निवेदन पनि दियौ आज बल्ल उहाँसँग सम्पर्क भयो’ शर्माका भाई युवराज शर्माले भने । शर्माको अवस्था अज्ञात भए लगत्तै एनआरएनएका महासचिव डा बद्री केसीले खोजि कार्यमा सहयोग गर्न दूतावासलाई आग्रह गरिएको जानकारी दिएका थिए । शर्माको चरित्र हत्या गर्ने गरी प्रकाशित भ्रामक समाचार अनुमानका आधारमा लेखेकोमा उनका समर्थक तथा एनआरएन सचिवालयले खेद प्रकट गरेका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु