दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जम्बोरी नाइटमा थरी थरीका पहिरन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ७ गते, बुधबार १४:३३

सानेपास्थित इन्टरनेशनल क्लबको स्विमिङ पूलमा निर्माण गरिएको आकर्षक र्‍याम्पमा एक दर्जन व्यवसायिक मोडलहरु क्याटवाक गर्दै विभिन्न डिजाइनरका पछिल्लो डिजाइनहरु प्रदर्शन गरेका छन् । प्यासिफिक इभेन्ट एण्ड म्यानेज्मेन्टले आयोजना गरेको जम्बोरी नाइट शीर्षकको फेसन शोमा ईन्टरनेशनल इन्टिच्यूट अफ फेसन टेक्नोलोजी (आईआईएफटी) मा प्रशिक्षण लिइरहेका डिजाइनरहरुले आफ्ना पहिरन प्रदर्शन गरेका हुन् । फेसन शोमा डिजाइनर प्रतिमा महर्जनले तयार पारेका लेहेंगा चोली, साडी, गाउन तथा विन्टर कलेक्सन प्रदर्शन गरियो ।

विपना थापाद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा मोडलहरुले डिजाइनरहरु प्रमिला उप्रेती, अमृता श्रेष्ठ तथा सनम लामिछानेले डिजाइन गरेका कक्टेल ड्रेस पनि प्रदर्शन गरियो । यसका साथै मृगतृष्णा फेसन हाउसकी डिजाइनर तृष्णा गुरुङद्वारा डिजाइनर गरिएका कक्टेल ड्रेसले पनि फेसन शोको शोभा बढाए । फेसन शोको क्रममा गायक दीपक लिम्बु तथा गायिका प्राश्ना शाक्यले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरे भने हास्य अभिनेता तथा जादूगर महादेव त्रिपाठीको रोचक प्रस्तुतीले दर्शक रमाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु