चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

बनाउँदै गरेको बम पड्किदा आमा र दुई छोराछोरीको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ७, बुधबार ११:४८

मैमानाःअफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान लडाकूले बनाउन लगेका बताइएको छ । तर सो बम बनाउँदा बनाउदै अकस्मात पड्किन पुगेको बताइएको छ । फर्याब प्रान्तको एक गाउँमा उक्त दुर्घटना हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
सो विस्फोटमा परी तालिबान आतङ्ककारी समूहका ती सदस्यकी श्रीमती र दुई जना छोराछारीकोे मृत्यु भएको समाचारमा जनाइएको छ । तालिबानका ती सदस्यले बम बनाउँदै गरेको अवस्थामा पड्किन पुग्दा आफ्नै परिवारका सदस्य गुमाएको प्रहरीले पुष्टि गरेको छ ।
फर्याब प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल करिम युरासले बुधबार सो जानकारी दिएका छन् । बारुदी बम बनाउने ती लडाकूको नाम मुल्लाह सदरुदिन हुन् ।
उनले आफ्नै घरमा बम बनाइरुहेका थिए । तर बम बनाउदै गरेको अवस्थामा उनकी श्रीमती र दुई छोराछोरीको घटनास्थलमा नै मृत्यु भएको सुरासले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्।
बम विस्फोटमा परी मारिएका बालबालिका पाँच र आठ वर्षका भएको पनि सो समाचारमा जनाइएको छ ।

तालिबानहरुले फर्याब प्रान्तको केही भाग नियन्त्रण गरेर बसेका र बारम्बार आत्मघाती बमहरु हानी सर्वसाधारण नागरिकको ज्यान लिने गरको बताइन्छ ।

उनीहरुले सडकको किनारमा बम राखेर सर्वसाधारण नागरिक र सवारीमा यात्रा गर्ने व्यक्तिको ज्यान लिने गर्दछन् । मुल्लाहले यो बम पनि यसरी नै प्रयोग गर्नका लागि बनाएको अनुमान प्रहरीको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु