स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

मलेसियाले विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ८, बिहीबार ०८:३८

काठमाडौं, ८ कात्तिक । मलेसियाले एजेन्ट तथा हालका कम्पनीहरुमार्फत विदेशी कामदार भर्ती गर्ने प्रणालीको अन्त्य गर्ने भएको छ। कामदार लिँदा एजेन्ट तथा कम्पनीहरुले कामदारलाई आर्थिक भार पार्ने गरेको गुनासो आएको भन्दै प्रणाली नै परिवर्तन गर्न लागिएको त्यहाँका गृहमन्त्री मुहिदिन यास्सिनले बताए। त्यहाँ सामान्य दर्ता गरेको भरमै आप्रवासी कामदार लाने काममा एजेन्सीहरु सक्रिय छन् जसले गर्दा कामदार ठगिने गरेका छन्। कामदार माग गर्दा उनीहरुले विदेशी म्यानपावर कम्पनीसँग चर्को शुल्क उठाउने गरेको गुनासो छ। नेपालका म्यानपावर व्यवसायीले पनि त्यहाँका एजेन्सी तथा एजेन्टलाई पैसा तिर्नु परेको र म्यानपावरकैबिचमा बढि पैसा दिएर माग पत्र ल्याउने होडबाजी चल्ने गरेको गुनासो गर्दै आएका छन्। अब यो काम निजी रोजगार एजेन्सीलाई दिइने छ र जसले मलेसियाको मानवसंसाधन मन्त्रालय अन्तर्गत रहेर काम गर्ने छन्। यी कम्पनीको लागि पनि नियम कानुन अनुसार व्यवस्थित गर्ने गृहमन्त्रीले पत्रकारहरुसँग बताएको मलेसिया किनी अनलाइनले जनाएको छ। ‘हाम्रो उदेश्य नै विदेशी कामदारहरु मलेसिया आउँदा अनावश्यक विषयबाट नठगिउन भन्ने हो’, गृहमन्त्रीले भने। बुधबार संसदमा विदेशी श्रमिकहरुको व्यवस्थापनका विषयमा भएको छलफल पछि उनले पत्रकारहरुलाई यी जानकारी गराएका हुन्। मानव संसाधन मन्त्री यमकुला सेगरनले पनि अर्को वर्षबाट लागु हुने गरी तयानरी भैरहेको जानकारी गराएका छन्। विदेशी श्रमिकहरुको लेवी भुक्तानीको व्यवस्था पनि अव रोजगारदाताले लिने विदेशी कामदारको संख्याको आधारमा तोकिने छ। सरकारले तोकेभन्दा बढि विदेशी कामदार लिने कम्पनीले बढि लेवी तिर्नु पर्नेछ। मलेसियार नेपालबीच यहि कात्तिक १२ गते श्रम समझदारीको तयारी भएको छ। समझदारी पत्रमा हस्ताक्षर गर्नका लागि मलेसियाका मानव संसाधन मन्त्री यमकुला सेगरन ११ गते नेपाल आउने तय भएको छ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु