डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

‘सिन्धुलीगढी’ पुर्ननिर्माणको बिस्तृत गुरु योजना हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ८, बिहीबार ०८:४१

काठमाडौं, ८ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोगमा पुर्ननिर्माण गरिन लागिएको ऐतिहासिक सम्पदा ‘सिन्धुलीगढी’को बिस्तृत गुरुयोजना सिन्धुलीको कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीलाई हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष भवन भट्टले सो गुरुयोजना बुधबार एक कार्यक्रमकाबीच मेयर खत्रीलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा उपाध्यक्ष कुल आचार्य, महिला उपाध्यक्ष सपिला राजभण्डारी, महासचिव डा. बद्रि केसी, उक्त परियोजनाका संयोजक तथा संघका सचिव डिबी क्षेत्रीलगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । करिब १६ करोड लागतमा निर्माण गर्न लागिएको उक्त परियोजना २ वर्षभित्र निर्माण सम्पन्न गर्ने अपेक्षा गरिएको छ । सो निर्माणका लागि एनआरएनले समेत आर्थिक तथा प्राविधिक सहयोग गर्ने संघका अध्यक्ष भट्टले बताए । सिन्धुली जिल्लामै जन्मिएका संघका सचिव डिबी क्षेत्रको परिकल्पनामा एनआरएनएको आफ्नै लगानीमा गुरुयोजना तयार पारिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु