• भारतीय नेता सिताराम यचुरी आज नेपाल आँउदै राष्ट्रपति देखि राजनैतिक दलका नेता समेतलाई भेटदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १७:०८
    काठमाण्डौं  कार्तिक ८ । भारतीय कम्युनिष्ट नेता सिताराम यचुरी आज नेपाल आँउदै छन् । नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा भारतीय कम्युनिस्ट पार्टी (माक्सवादी) का महासचिव सीताराम यचुरी आज काठमाडौँ आँउने भएका हुन् ।
    यचुरी नेपाल रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतसँग भेट्नुहुनेछ । साथै, पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई समेत सम्बोधन गर्नुहुने सो पार्टीले जनाएको छ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु