दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुल्मीमा जिप दुर्घटना एक बालकको मृत्यु, १६ घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ८ गते, बिहीबार १७:१०
काठमाण्डौं  कार्तिक ८ । पुर्णीमाको मेला हेरेर र्फकंदै गरेको यात्री चढेको जिप दुर्घटना हुंदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा इस्मा गाउँपालिका– २ पालुखाका १४ वर्षीय विमल केसी रहेको छ । गुल्मीको इस्मा गाउँपालिका– २ छल्दी पनाहा नजिकै हिजो साँझ डबल क्याप भएको लु १ च ७३७० नं जिप दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका केसीको उपचारका लागि तम्घास ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रोशन खड्काले बताउनुभयो ।
दुर्घटनामा परेर इस्मा गाउँपालिका– २ पालुखाका ६५ वर्षीय बेलकुमारी कँुवर, १४ वर्षीय रविन कँुवर, ५२ वर्षीया कमला केसी, ३३ वर्षीया कल्पना राना, ११ वर्षीय विशाल थापा, १४ वर्षीया पवित्रा केसी, २६ वर्षीया करिश्मा कँुवर, २९ वर्षीय चालक प्रेम कँुवर, १२ वर्षीय अर्जुन केसी, १३ वर्षीय रेशम केसी, १९ वर्षीया अनुसा पन्थी, १२ वर्षीया कविता मुखिया, आठ वर्षीया सुस्मा मुखिया र ५९ वर्षीया कमला पन्थी घाइते भएका छन् ।
जिप जिल्ला सदरमुकाम तम्घासबाट पालुखा जाँदै गरेको थियो । जोगिथुमबाट पूर्णिमा मेला हेरेर फर्किने जिपमा यात्रु धेरै चढेको र उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका हवल्दार देविप्रसाद पौडेलले बताउनुभयो ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु