हेर्नुस् के छ आज देशभरका मौसम पूर्वानुमानआज मिति ।२०७८ साउन १९ गते, मंगलवार हेर्नुस् राशिफलफुर्के धागो २ भोलि सार्वजनिक हुँदैपछिल्लो २४ घण्टामा देशभर ३ हजार १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएमाले नेता पोखरेलको प्रश्न : केपी ओलीमुक्त नेपाल भनेको के हो ? के तपाईँहरु केपी ओलीलाई मार्न चाहानुहुन्छ वा जेल हाल्न चाहानुहुन्छ ?माधव नेपाल समूहको पोजिसन क्लियर भएपछिमात्रै हामीले पाउने मन्त्रालयको टुँगो लाग्छ : मनिष सुमनमाधव नेपाल जननेता हुनुभयो, प्रधानमन्त्री देउवाको हाईट बढेको छ : महेन्द्र यादवआज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
  • खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १७:२५

    ‘मेरो देशको झण्डा देख्दा साहस बढ्थ्यो, त्यही भएर प्रतियोगिता जितें’ : साह

    काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रुपमा लागिरहेको विश्वास दिलाएका छन् ।
    नेपाल कलवार कल्याण समिति काठमाडौंले रिपोर्टर्स क्बल नेपालमा आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो जानकारी दिएका हुन् ।

    समितिका अध्यक्ष रामचन्द्र शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालमा साहसिक खेलको बारेमा सरकार लागिरहेको बताउँदै खेल क्षेत्रलाई विभिन्न शीर्षकमा राखेर भएपनि विकास गरिने बताए ।
    भारतीय संस्था राईट दि हिमालयनले अक्टोवर १० देखि १३ सम्म आयोजना गरेको २० औं राईट दि हिमालयन रेस–२०१८ को उपाधि जितेका धुनषाका ३४ वर्षीया दीपककुमार साहलाई सम्मानको लागि आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले नेपालका हिमाल, पहाड र नदीका तिरमा साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र सरकारले त्यसको बारेमा सोचिरहेको जनाए ।


    उनले भने,‘आफ्नै तयारी, ईच्छा, चाहना र लगावको आधारमा दीपकजीले नेपालको शीरलाई फेरी एकपटक विश्वमा चिनाउन सफल हुनुभयो, राष्ट्रिय सम्पत्तिको रुपमा आफूले साहसिक योद्धा घोषणा गर्नुभयो, वीरहरुको देशका नागरिकहरु पनि वीर छन् र हुन भनेर संसारलाई सन्देश दिनुभयो, यसमा नेपाल सरकारको तर्फबाट तपाईलाई हार्दिक बधाई छ, सम्मान छ ।’
    कार्यक्रममा रेसका विजेता दीपककुमार शाहले नेपालमा पनि साहसिक खेलकुद प्रतियोगिता गर्न सकिने र त्यसको बारेमा आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।


    उनले भने,‘उक्त प्रतियोगितामा विश्वका धेरै प्रतियोगिहरुले भाग लिएका थिए, साँढे ४ हजार मिटर उचाईमा माईनस २० डिग्री तामक्रममा मैले उक्त रेसको उपाधि जितें, यो मेरो जित होईन, देशको जित हो, अघिल्लो वर्षपनि भाग लिएको थिएँ, खुट्टा भाँचियो, यो वर्ष मैले उपाधि जितें, बाटोमा कतै थोरै पनि हरेस सिर्जना हुँदा नेपाललाई सम्झिन्थें, बाईकको सिसाबाट मेरो शरिरमा भएको नेपालको झण्डा देख्थें त्यसपछि साहस बढ्थ्यो, त्यही साहसकासाथ मैले रेसको प्रतियोगिता जित्न सफल भएँ ।’

    रेसको २० औं संस्करणमा नेपालबाट प्रतिनिधित्व गरेका दीपक कुमार साहले भारतको लेह, लदाख, कारगिल र काश्मिरमा सम्पन्न भएको प्रतिष्पर्धामा बाईक चलाउँदै गरेको अनुभव सुनाउँदै आफूले वीरपुर्खालाई सम्झेको बताए ।

    उनले भने,‘काश्मिरको लेखमा चढ्दै गर्दा मैले हाम्रो पूर्खालाई सम्झेको थिएँ, देशको स्वाभिमान र राष्ट्रियताका बारेमा सम्झेको थिएँ ।’
    सम्मान कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री डा. डम्बर नारायण यादव, कांग्रेस नेता भरत खड्का, क्लबका सभापति ऋषि धमला, नेपाल–भारत पुस्ताकालयका प्रमुख महेश शर्मा लगायतले रेस विजेता साहलाई बधाई दिँदै सरकारले यस्ता प्रतिभाहरुको कदर गर्नुपर्नेमा जोड दिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु