रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

पोखरा प्रिमियर लिग: पोखरा पल्टनको विजयी सुरुवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९, शुक्रबार १५:०६

काठमाडौँ। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । पोखराले दिएको १९८ रनको लक्ष्य पछाएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १३९ रन मात्र बनाएपछि खेल  पोखराले ५८ रनले जित्न पुगेको हो।

विराटनगरका लागि पुष्प थापा र राजु रिजालले ३०-३० रन बनाएका थिए । विराटनगरले आफ्ना ओपनर सुनिल धमलालाई ११ र प्रदीप सिंह ऐरीलाई १० रनमा गुमाएपछि संकटमा परेको थियो। विराटनगरको पारीलाई अन्य ब्याट्सम्यानले सम्हाल्न सकेका थिएनन्। विराटनगरका लागि एन्ड्रयु सुबिक्शन र कप्तान सन्दीप लामिछानेले १४-१४ रन बनाएका थिए।

विराटनगरको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा पोखराका सबै बलरले विकेट लिएका थिए। पोखराका ललित राजबंशीले ३ विकेट लिए।  ललितले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएका थिए। त्यस्तै मोहबुब आलम, रशिद खान, बिक्रम भुसाल, कृष्ण कार्की र शरद भेसवाकरले एक एक विकेट लिएका थिए।   यसअघि विराटनगर टाइटन्सले टस हारेर पहिला ब्याटिंग गरेको पोखरा पल्टनले २० ओभरमा ३ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

पोखराका लागि आसिफ सेखले सर्वाधिक ५२ रन बनाएका थिए। आसिफले पारीमा ५४ बल खेल्दै ५ चौका र एक छक्का हानेका थिए। पोखरा पल्टनका लागि भारतीय खेलाडी रवि इन्द्र सिंहले २७ बलमा ४४ रन बनाएका थिए। सिंहले आफ्नो पारीमा ४ छक्का र २ चौका हानेका थिए। त्यस्तै ओपनर कुशल भुर्तेलले राम्रो सुरुवात दिदै २६ बलमा ३८ रनको पारी खेलेका थिए। त्यस्तै विनोद भण्डारीले तुफानी ४१ रन बनाएका थिए।  बिनोदले ११ बलमा ५ छक्का र २ चौका हान्दै ४१ रन अविजित बनाएका थिए। त्यस्तै कप्तान शरद भेसवाकरले ७ रन अविजित बनाएका थिए। पोखराले अन्तिम ओभरमा २४ रन बटुलेको थियो।

टस जितेर पहिला बलिङ रोजेको विराटनगर टाइटन्सका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २ विकेट लिए भने शहाब आलमले एक विकेट लिएका थिए। सन्दीपले ४ ओभरमा २६ रन दिएर २ विकेट लिएका थिए। ११ बलमा ४१ रन बनाएका पोखरा पल्टनका बिनोद भण्डारी खेलको म्यान अफ द म्याच बनेका छन्।     प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुने छन्। बिहान ९ बजे चितवन राइनोज र बुटवल ब्लाष्टरबीच हुने छ भने दिउसो सवा एक बजे काठमाडौँ रोयल्स र धनगढी ब्लुजबीच हुने छ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु