काठमाडौं : नेपाल र मलेसियाबीच आगामी कात्र्तिक १२ गते श्रमिक आपूर्ति गर्ने बिषयमा हस्ताक्षर हुँदैछ । उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरन कात्तिक ११ गते नेपाल आउँदै हुनुहुन्छ । समझदारीपत्रमा हस्ताक्षर भएसँगै नेपालीका लागि रोजगारको बाटो खुन्लेछ ।
दुई देशबीच सरकारीस्तरमा कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भए पनि कात्तिक अन्तिम सातादेखि मात्र नेपाली युवालाई मलेसियाका लागि श्रम स्वीकृति जारी हुने श्रम मन्त्रालयले जानकारी दिएको छ । ड्राफ्टमा उल्लेख गरिएका वस्तुगत विषयमा प्राविधिक कमिटीका प्रतिनिधिले छलफल गर्नुपर्ने भएकाले कात्तिक अन्तिम सातादेखि मात्र श्रम स्वीकृति जारी गरिने मन्त्रालयले जनाएको छ ।
मलेसिया सरकारले नेपालबाट श्रमिक आपूर्ति बन्द भएपछि सरकारीस्तरबाटै श्रम सम्झौता (जिटुजी) गरी नयाँ प्रणालीमार्फत कामदार लिने इच्छा राख्दै गत भदौ महिना एमओयूको मस्यौदासहित प्रस्ताव नेपाल पठाएको थियो । मस्यौदाको ड्राफ्टसहित नेपालका तर्फबाट पहिलो पटक भदौ पहिलो साता जवाफ पठाएको थियो । मस्यौदामा छुटेका र कामदारका हकमा पर्न नसकेका विषयवस्तुलाई समेट्दै पुनःदोस्रो पटक ड्राफ्ट पठाइएको हो ।
श्राेतः janasawal.com