स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ९, शुक्रबार १५:११

बुटवलः गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । १२८ स्लाइस सो उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा अजिज उल्लाहले जानकारी दिए ।

उनले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने उल्लेख गर्दै करीब तीन सेकेण्डमा नै इमेज लिन सकिन्छ भने । रु सात करोड लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घँुडालगायत शरीरको विभिन्न अङ्गको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ । रुपन्देहीको क्रिमसन, एपोलो र भैरहवा मेडिकल कलेजमा १६ स्लाइसको मात्रै सिटी स्क्यान उपकरण रहेको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपकरण भित्रिएको जानकारी दिँदै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन पनि भएको बताए । उनले अमेरिकाको जी कम्पनीबाट एक महीनाअघि मात्रै अस्पतालमा भित्रिएको उक्त उपकरण चार दिनदेखि सञ्चालनमा रहेको समेत जानकारी दिए ।

मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन् । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा भित्रिएको सो उपकरणको शनिबार प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गर्दै छन्।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु