• निर्देशक दीवाकरसँग नयिका दीपिका को इन्गेजमेन्ट

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १०:५६

    फिल्म ऐश्वर्यबाट नेपाली फिल्म क्षेत्रमा आएकी नायिका दीपिका प्रसाई ऐश्वर्यकै निर्देशक दिवाकर भट्टराईको प्रेममा रहदै आएकी थिईन् । बेला बेलामा यी प्रेम जोडीको समाचार मिडियामा आईरहँदा दुबैले अस्विकार गरेपनि दुबैको प्रेम जाँगिदैं गईरहेको थियो । अहिले यी दुईको प्रेम ईन्गेजमेन्टमा परिणत भएको छ ।

    दिवाकर भटट्राईले नै नायिका दीपिकालाई फिल्ममा डेब्यु दिएकी थिईन् । यी दुबैले दशैंको छेको पारेमा इनगेजमेन्ट गरेका हुन् । दुबैले सामाजिक सञ्जालमा एउटै फोटो सार्वजनिक गर्दै सो जानकारी दिएका छन् । निर्देशक दिवाकर भटट्राईले भने मंसिर मै विहे गरिने पनि बताएका छन् । दीपिका प्रसाई अभिनित फिल्म छक्का पञ्जा ३ तेश्रो हप्तामा रिलिज भईरहेको छ भने दिवाकर भटट्राईले निर्देशन गरेको अनमोल केसी अभिनित फिल्म क्याप्टेन रिलिजको क्रममा रहेको छ ।

    फिल्मी फण्डा बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु