• छक्का पञ्जा ३’ ले कमायो दुई हप्तामा ४ करोड ७० लाख

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० कार्तिक २०७५, शनिबार १०:५९

    फिल्म छक्का पञ्जा ३ ले दोश्रो हप्ता पुरा गरेर शुक्रवार सम्म आउँदा कुल ४ करोड ७० लाख कमाएको छ । निर्माताको हातमा पर्ने गरि छक्का पञ्जाले ४ करोड ७० लाख कमाएको हो । फिल्मले पहिलो हप्ता झण्डै ६ करोडको व्यापार गरेको थियो । दोश्रो हप्ता फिल्मले पाँच करोड बढि व्यापार गरेको हो । दुई हप्तामा कुल रकममा ११ करोड ३० लाख भन्दा बढिको व्यापार गरेको बुझिएको छ ।

    उक्त रकमबाट कर, हलको सेयर अन्य खर्च घटाएर निर्माताको हातमा ४ करोड ७० लाख पर्ने भएको हो । कुल रकमबाट नेपाल सरकारको कर र स्थानीय कर तथा मनोरञ्जन कर गरि १८ प्रतिशत सम्म कट्टा गरिन्छ । कर कट््टा गरि बाँकी रहेको रकमबाट हलले पहिलो हप्ता ५० प्रतिशत र दोश्रो हप्ता ४० देखी ४५ प्रतिशत मात्रै सेयर निर्माता लाई वितरण गर्छ । त्यसमा पनि हलको सर्भर चार्ज वितरकको सेयर प्रतिशत कट्टा गरिन्छ । यो सबै रकम घटाएर निर्माताको हातमा शुक्रवार सम्म ४ करोड ७० लाख पर्ने देखिएको हो ।

    सरकारी स्कुलमा हुने बेथितिमाथि प्रहार गरिएको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । छक्का पञ्जा ३ सँगै निर्देशक निरौलाले हिट फिल्ममा ह्याट्रिक मारेकी छन् । उनलाई अहिले शक्तिशाली महिला निर्देशक भनिन थालिएको छ । फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित दीपिका प्रसाईँ, प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।

    फिल्मी फण्डा बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु