काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
नेकपाले बडादशैं, दीपावली, नेपाल सम्बत् ११३९ तथा छठ पर्वको अवसर पारेर शनिबार चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि बेलुकी ५ बजेसम्म आयोजना हुने कार्यक्रममा करिब १ लाखको सहभागी हुने बताइएको छ ।
पार्टीका महासचिव विष्णुप्रसाद पौडेलकाअनुसार मध्याह्न १२ देखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता र आम जनसमुदायलाई चियापानका लागि व्यवस्था गरिएको छ ।
त्यस्तै, अपराह्न ३ देखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अङ्गका पदाधिकारी तथा सदस्यहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, सेवा निवृत्त पदाधिकारीहरु, विभिन्न पेशा तथा समुदायका विशिष्ट व्यक्तित्वहरुका लागि व्यवस्था गरिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भएपछि यो पहिलो कार्यक्रम हो ।
श्राेत ः janasawal.com