प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

राष्ट्रपति भण्डारी सोमबार कतार जाँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ११, आईतवार ०९:२८

काठमाडौं– कतारको चारदिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार कतार जाने भएकी छन् । भण्डारीले कतारका अमिर शेख तमिम विन हमाद अलथानीसँग भेटवार्ता गर्नेछिन् । नेपालको राष्ट्रपतिको हैसियतमा यो दोस्रो भ्रमण हो । यसअघि प्रथम राष्ट्रपति रामवरण यादवको राजकीय भ्रमण भएको थियो । झन्डै चार लाख नेपाली कार्यरत कतारमा राष्ट्रपतिको उच्चस्तरीय भ्रमणले दुई देशबीचको द्वी्पक्षीय सम्बन्ध अझ प्रगाढ हुने विश्वास गरिएको छ ।

भ्रमणमा भण्डारीले कतारी समकक्षी तमिमसँग नेपाली कामदारको सुरक्षा, अवसर, चुनौती र लगानीको विषयमा छलफल गर्ने बताइएको छ । उनको भ्रमणको तयारीको लागि आवश्यक ब्रिफ्रिङ गर्न कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले नेपाल आई फर्किसकेका छन् । नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हेल पनि कतार गइसकेका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु