• ‘चंगा चेट’ र ‘मालिका’मा फरक विषय, माधव वाग्ले र रेखा थापा दुबैलाई चूनौती

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ कार्तिक २०७५, आईतवार १६:११

    फिल्म क्षेत्रको लागि दुबै उतिकै रुपमा परिचित निर्माताहरु हुन् माधव वाग्ले र रेखा थापा । निरन्तर नेपाली फिल्मको श्रीवृद्धिका लागि फिल्म निर्माणमा देखिरहेका निर्माता माधव वाग्लेले यस पटक फिल्म चंगा चेटलाई तिहारमा दर्शकको माझमा ल्याउने भएका छन् । यस्तै सफल नायिकाबाट निर्मात्री तथा निर्देशकको छवि बनाईसकेकी रेखा थापाको फिल्म मालिका पनि तिहारकै अवसरमा रिलिजमा आउँदैछ । दुई फिल्मको विषयवस्तु, कलाकार र ब्राण्डले कसलाई फाईदा गर्छ भन्ने एउटा पाटो हो । अर्को दुबै निर्माताको यस अघिका फिल्म र त्यसले बोल्ने विषयवस्तु कस्तो छ भने अर्थ पनि राख्दछ ।

    रेखा थापा नारी शसक्तीकरणको वारेमा आवाज उठाउने खालका फिल्म निर्माण गर्दै आएकी निर्मात्री हुन् । उनले यस पटक पनि बालविवाह र नारी उत्पिडनको विषयमा मालिका निर्माण गरेकी छिन् । पछिल्लो समय निर्मला हत्या काण्डको वारेमा समेत आफ्नो धारण प्रस्तुत गदैं रेखाले नारी आवाजको लागि आफ्नो निरन्तर साथ र समर्थन रहदै आएको बताएकी छिन् । सुदुरपश्चिमको सामाजिक विकृती बालविहालाई मूख्य एजेण्डा बनाएर मालिकालाई यस पटक प्रस्तुत गरेको रेखाको दावी छ । रेखाको यस अघिको फिल्म रुद्रप्रिया पनि नारी आवाजकै पक्षमा निर्माण भएको फिल्म हो । तर पनि रुद्रप्रिया व्यवसायिक रुपमा सफल हुन सकेको थिएन । मालिका दर्शकको मनमा बस्ने र व्यवासायिक रुपमा पनि सफल हुने उनले दावी गरेकी छिन् ।

    यस्तै लुट, रेशम फिलीली, लुट २, लभ शासा लगायतका फिल्म निर्माण गरेका माधव वाग्लेले अहिले पनि डार्क कमेडीमा सामाजिक विषयवस्तुलाई प्रस्तुत गर्न खोजिएको बताईएको छ । पछिल्लो समय नेपालमा देखिएका अपराधिक गतिविधी, सुन काण्ड, मिटर व्याजका समस्यालाई फिल्म चंगा चेटले बोलेको निर्माता वाग्लेको दावी छ । यस अघि उनले निर्माण गरेको फिल्म लभ साशा वयवासायिक रुपमा सफल हुन सकेन । तर फिल्म चंगा चेट व्यवसायिक रुपमा सफल हुनेमा उनी विश्वस्त देखिएका छन् ।

    निरन्तर फिल्म एक साथ रिलिज हुने क्रममा मालिका र चंगा चेट एकै दिन अर्थात आउँदो कार्तिक १६ गते बाट तिहार लक्षित भएर रिलिज हुदैछ । दिपेन्द्र के खनाल निर्देशत चंगा चेट र रेखा थापा निर्देशित मालिकाको व्यापारमा कस्तो प्रभाव रहँला त्यो केही दिनपछि मात्रै थाहा हुनेछ । चंगा चेट मल्टिप्लेक्स टार्गेट गरिएको फिल्म हो भने सिंगल थिएटरका दर्शकहरुलाई लक्षित गरेर मालिका प्रदर्शन हुन लागिएको हो । चंगा चेटमा प्रियंका कार्की, सन्दिप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रविन्द्र झा, सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै फिल्म मालिकामा कथा माथिको आजाव बनेकी कमला वली र रेखा थापा स्वंयमको मूख्य भुमिका रहेको छ ।

    फिल्मी फण्डा बाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु