दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

होटल व्यवस्थापनमा दक्ष जनशक्ति आवश्यक : विज्ञहरू

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ११ गते, आईतवार १६:३१
काठमाडौँ,  कात्तिक ११ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्षलाई सफल पार्न दक्ष र सीपयुक्त शिक्षित होटल व्यवस्थापनका जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञहरूले औँल्याएका छन् ।
ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उहाँहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसरहरू सिर्जना हुँदै गएको भए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताउनुएको होे ।

अन्तराष्ट्रिय पर्यटन शिक्षाविद् डा बर्न भान वाल्विकले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सार्थक तुल्याउन होटल व्यवस्थापनमा दक्ष जनशक्तिको आवश्यकता भएको बताउनुभयोे । उहाँले भन्नुभयो, “भर्खरै मात्र लोन्लीप्लानेटले काठमाडौँलाई विश्वकै घुम्नै पर्ने शहरभित्र समेटेको छ, हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटलहरू खोल्दैछ, हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्नेछन्न् त्यतिखेर यहाँ नै पर्याप्त दक्ष जनशक्तिको खाँचो हुनेछ ।”

स्विजरल्याण्डको स्विस होटल एशोसिएशन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएको अवस्थामा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताउनुभयो ।नेपालका लागि स्विजरल्याण्डका राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि स्विजरल्याण्डले ६० को दशकदेखि नै सहयोग गर्दै आउनुका साथै गेट कलेजले पनि नेपालमा अन्तर्राट्रियस्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएको चर्चा गर्नुभयो ।

गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सक्ने गरी आफूहरूले जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।दीक्षान्त समारोहमा १५औँ र १६औँ ब्याचका ९७ विद्यार्थी दीक्षित भएका गेट कलेजले जनाएको छ । उक्त कलेजमा हालसम्म नेपालभित्रबाहेक १९ मुलुकबाट करीब ४०० विद्यार्थीले होटल व्यवस्थापनको स्नातक तह अध्यययन गरिसेकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु