दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

एउटा बाँदर समातेको दुई हजार !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ११, आईतवार १६:३२
काठमाण्डौं । कार्तिक ११ । बाँदर आतंक रोक्नको लागि गाँउपालीकालेनै ३० लाख रकम बिनियोजन गरेको छ । गाँउपालीकाकै प्रयासमा सर्वसाधारणको बालीनाली नष्ट गर्ने ४ सय बाँदर समेत समातीएको खवर छ । यो खबर पर्वत जिल्लाको हो ।
महाशीला गाउँपालिकाले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरी बाँदर नियन्त्रण अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन गरी झन्डै तीन सय नियन्त्रणमा लिएपछि पर्वतका बाँदरपीडित कृषक खुसी भएका छन ।
गाउँपालिकाभित्रका वडाहरूमा बाँदरले कृषकको बाली खाइदिने तथा नष्ट गर्ने समस्याबाट पीडित भएपछि अभियान सञ्चालन भएको थियो । बाँदर नियन्त्रण अभियान सफल भएपछि कृषक तथा सर्वसाधारण खुसी भएका छन। गाउँपालिकाका एक हजार सात सय ८२ मध्ये एक हजार घरधुरीका बासिन्दा बाँदरबाट पीडित भएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले बताए।अभियान सञ्चालन भएपछि कृषकहरूलाई ठूलो राहत मिलेको महाशीलाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए। अघिल्लो वर्षसम्म बाँदर आतंकको गुनासो गर्दै आउने कृषकहरू पनि अहिले खुसीका साथ अन्य सेवाका लागि वडा र गाउँपालिकामा धाउने गरेको उनले बताए। ‘पहिला–पहिला गाउँपालिका र वडाहरूमा केही काम लिएर कृषकहरू आउँदा पनि पहिलो गुनासो बाँदर आतंककै हुन्थ्यो,’ उनले भने, ‘अहिले भने अभियानप्रति सन्तुष्टि व्यक्त गर्ने गरेका छन।
महाशीला गाउँपालिकाले बाँदर समात्नका लागि भारतबाट पाँचजनाको टोली ल्याएको छ । एउटा बाँदर समातेको दुई हजार रुपैयाँ दिने गरी सम्झौता गरेको कार्यकारी अधिकृत किसन क्षेत्रीले बताए ।
तीन सय बाँदर खोरमा
गाउँपालिकाले ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व व्यवस्थापन’ शीर्षकमा चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेरै अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले वन्यजन्तुविज्ञसँग समन्वय गरी बाँदरलाई नियन्त्रण गर्दै आएको छ । अहिले बाँदर नियन्त्रण गरी राख्नका लागि निर्माण गरिएको खोरमा करिब तीन सय बाँदर संकलन गरिएको गाउँपालिकाका अध्यक्ष पौडेलले बताए ।
बजेट बनाउनुअघि वडामा भएका छलफल कार्यक्रममा कृषकहरूले बाँदरबाट पीडित भएको गुनासो गर्दै बाँदर नियन्त्रण अभियान सञ्चालन गर्न माग गरेपछि गाउँपालिकाले अभियान सञ्चालन गरेको थियो । ‘सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पेस गरेका थिए,’ अध्यक्ष पौडेलले भने, ‘गाउँसभामा बाँदर नियन्त्रणको संकल्प प्रस्ताव शतप्रतिशतले पारित गरी सो अभियान अघि बढेको हो ।’ अभियानले सार्थकता पाएको पौडेलले बताए ।
नियन्त्रित बाँदर निकुञ्ज पठाउने
गाउँपालिकाले नियन्त्रणमा लिएर खोरमा राखिएका बाँदरलाई निकुञ्जमा पठाउने तयारी गरेको छ । खोरमा राखेका बाँदरलाई धेरै अन्न खुवाउनुपर्ने अवस्था आएपछि गाउँपालिकालाई समस्या परेको छ । गाउँपालिकाले विनियोजित बजेटबाट बाँदरका लागि अन्न खरिद गरेर खुवाउने गरेको छ । अध्यक्ष पौडेलले ६ सय बाँदर नियन्त्रणमा लिएपछि निकुञ्जमा पु¥याउने बताए । नयाँ पत्रिका दैनिकबाट साभार
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु