दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नेपाल र मलेसियाबीच भोली श्रम सम्झौता हुँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक ११, आईतवार १६:५७

काठमाडौँ –  नेपाल र मलेसिया बीच भोली श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । उक्त सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गर्न  मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान काठमाडौँ आउने भएपछि उक्त सम्झौता हुन लागेको हो ।   सो सम्झौतापत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री कुलासेगरानले सोमबार आयोजना हुने विशेष समारोहमा हस्ताक्षर गर्नेछन्। गत असोजमा मलेसियामा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलले श्रम सम्झौताको मस्यौदामा सहमति गरेका थिए।

मन्त्री कुलासेगरान र श्रममन्त्री विष्टबीच सोमबार बिहान ६ महिनादेखि मलेसियाको रोजगारीको  विषयमा छलफल  हुने बताइएको छ ।   उक्त सम्झौतापत्रमा हस्ताक्षर  होटल हायातमा  हुने भएको छ । मन्त्री कुलासेगरान आइतबार   राति ११ बजे काठमाडौं आउँदैछन्। उनले राष्ट्रपति विद्यादेखि भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि औपचारिक छलफल र भेटघाट गर्ने भएका छन्। पशुपित, स्वयम्भूलगायतका धार्मिक स्थलको भम्रण गरेर मंगलबार बिहान नै उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

मलेसियामा  सन् २००२ देखि नेपाली कामदार जान थालेका हुन् ।  समझदारीपत्रमा हस्ताक्षर भएसँगै गत जेठ महिनादेखि बन्द मलेसियाको श्रम स्वीकृति पुनः खुल्नेछ। सम्झौतापश्चात् मलेसिया जाने कामदारमाथि लाग्दै आएको आर्थिक भारको सिन्डिकेट पनि तोडिने भएको छ ।

रोजगारी खुल्न केही समय लाग्ने

श्रम सम्झौतामा हस्ताक्षर भए पनि नेपाली कामदारका लागि मलेसियाको रोजगारी खुल्न भने केही समय लाग्ने भएको छ । नेपाल र मलेसिया सरकारबीच सम्झौतामा हस्ताक्षर भए पनि प्राविधिक तयारी गर्नुपर्ने भएकाले तत्काल मलेसियाका लागि श्रम स्वीकृति प्रदान गर्न नसकिने श्रम मन्त्रालयले जनाएको छ ।

सम्झौतापश्चात कामदार आपूर्तिका ‘मोडालिटी’ तय गर्न दुई देशका अधिकारी सम्मिलित प्राविधिक टोली गठन हुने छ । सोही टोलीले कामदार छनोट, प्रवेशाज्ञा, स्वास्थ्य परीक्षणलगायत विषयमा सहजीकरण गर्ने बताइएको छ।

छ महीनादेखि कामदार आपूर्ति ठप्प
नेपाल सरकारले विभिन्न एजेन्सीका नाममा कामदारसँग अवैध शुल्क लिदै आएको एजेन्सी खारेज गरेसँगै छ महीनादेखि मलेसियाका लागि श्रमिक आपूर्ति ठप्प भएको थियो । मलेसिया सरकारले प्रवेशाज्ञा शुल्कबापत ७०० मात्र तोकेको सन्दर्भमा विभिन्न एजेन्सीले स्वास्थ्य परीक्षण गर्न ३९ वटामात्र स्वास्थ्य संस्थाको एकाधिकार कायम गरी नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिँदै आएका थिए ।

बायोमेट्रिक प्रणालीको नाममा प्रतिकामदार रु चार हजार ५००, स्वास्थ्य परीक्षणार्थ सफ्टवेयरमा नाम दर्ता गर्ने गरी मिग्रामका नाममा रु तीन हजार ४००, राहदानी सङ्कलन गरी नेपालस्थित मलेसियाको दूतावासम्म पुर्याउने प्रयोजनाका लागि वन स्टेप सेन्टर ओइससीको नाममा दुई हजार ८००, इमिग्रेसन सेक्युरिटी क्लियरेन्स आइएससी को नाममा तीन हजार २०० तथा प्रवेशाज्ञा प्रक्रियाबापत भिएलएन को नाममा तीन हजार २०० गरी प्रतिकामदार १९ हजार ३२३ मुअकर सहित गैरकानूनी रूपमा लिने गरेका थिए ।

पचासको दशकदेखि नेपाली वैदेशिक रोजगारीमा जान थालेका हुन् । हालसम्म करीब ४३ लाख नेपाली श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न देशमा पुगेका छन् । नेपालीका लागि मलेसिया सबैभन्दा ठूलो श्रम गन्तव्य बनेको छ । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीमध्ये मलेसियामा करीब ३० प्रतिशत कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अझै पनि मलेसियामा करीब पाँच लाख नेपाली कार्यरत रहेको बताइएको छ । मलेसियामा सबैभन्दा बढी नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मलेसियामा  वार्षिक एक लाखभन्दा बढी युवा जाने गरेका छन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु