नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

काठमाडौं रोयल्सद्धारा विराटनगर टाइटन्स ५ विकेटले पराजित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १२, सोमबार १५:१०

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा सोमबार विहान भएको खेलमा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा ५ विकेटको क्षतिमा पार गर्‍यो । लगातार तेस्रो हारसँगै युवा स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर पहिलो चरणबाटै बाहिरिने खतरामा परेको छ ।

काठमाडौंका लागि गौरव तोमरले अर्धशतक प्रहार गरे । उनले ६६ रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछानेको बलमा एन्ड्रिउ सुविक्षणबाट क्याच आउट हुनुअघि ४६ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । गौरवले शनिबार भएको धनगढीविरुद्धको खेलमा ९५ रन प्रहार गरेका थिए । बलिङमा विराटनगरका सहाब अलामले २ विकेट लिए । सन्दीप लामिछाने, जितेन्द्र मुखिया र किशोर महतोले १-१ विकेट हात पारे ।

त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो । पोखराका लागि ओपनिङ ब्याट्सम्यान मोहमद जायद अलामले अर्धशतक प्रहार गरे । उनले ४७ बलमा ६७ रन जोडे । विराटनगरको इनिङ उकास्ने क्रममा पाकिस्तानको यू-१९ टिमबाट खेलिसकेका जायदले ७ चौका र ४ चौका प्रहार गरे । बलिङमा काठमाडौंका गौरव तोमर, बसन्त रेग्मी र सुसन भारी समान १-१ विकेट लिन सफल भए । जारी प्रतियोगितामा विराटनगरले सुरुवाती २ खेल हारिसकेको छ भने काठमाडौंले पहिलो खेलमा जित हात पारेको थियो । अब विराटनगरले  चौथो खेलमा बुटवल ब्लास्टर्ससँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु