प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

चिसो मौसममा ह्दयघात हुनुको दुई कारण र यसवाट जोगिने उपाय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १२, सोमबार १६:१६

काठमाडौं। गर्मी याममा भन्दा चिसो मौसममा विहानी पख हृदयघात बढी हुनुको मुख्य दुईवटा रहेको अध्ययनवाट थाहा भएको छ। अध्ययनकर्ता चिकित्सकहरुका अनुसार ती दुई कारणमा एउटा रक्तनलिहरु खुम्चिनु र अर्को भिटामिन डीको कमी हुनु हो।

रक्तनलिहरु खुम्चिनु 
जाडो मौसममा विहानी पख अत्यधिक चिसोका कारण रक्तनलिहरु खुम्चिन्छ। जसलाई चिकित्सकीय भाषामा भाजुस्पाजम भनिन्छ। भाजुस्पाजमले गर्दा शरीरका विभिन्न भागमा रक्तसञ्चारमा अवरोध पैदा हुन्छ। त्यो अवरोध मुटुको कुनै भागमा समेत हुनसक्छ। र जब मुटुमा रक्तसञ्चार अवरोध हुन्छ र हृदयघात हुन्छ।

भिटामिन डी को कमी 
चिसो मौसममा फलफुल तरकारी तथा घाम समेत अभाव हुन्छ जसबाट भिटामिन डी को कमी हुन्छ। यसले रक्तसञ्चार प्रक्रियामा अवरोधमा पैदा हुनसक्छ र हृदयघातको सम्भावना बढी हुन्छ। यसले प्रेसरका विरामीहरुलाई बढी गाह्रो हुने र नयाँ प्रेसरका विरामी थपिने सम्भावना हुन्छ। मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ।

जोगिन के गर्ने ?
जाडो मौसममा मुटुका विरामीहरु विहानै नउठ्ने। बरु घाम लागेपछि उठ्ने। जाडो मौसममा सबेरै मर्निङ वाकमा ननिस्कने, बरु घाम लागेपछि वा मौसम तातेपछि बाहिर हिडडुल गर्ने धूमपान नगर्ने। सकेसम्म सागसब्जी फलफुल खाने, झोल कुरा सुप पिउनमा जोड दिने।

श्राेतः visionsansar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु