छोराको जिवन बचाई दिन आमाको हारगुहारजेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्नविगत ४५ दिन देखि 'दिनको एक माना, भ‍ोको पेटलाई खाना'अभियान संचालितसमस्यामा परेका २२ नेपाली परिवारलाई राहतहोमडेलिभरिको सुबिधा दिदै आभाष हर्टकनेक्टहेर्नुस् आज २०७८ साल असार १ गते, मंगलवारको राशिफलपछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने
  • अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १६:२३

    वासिङ्टन डिसीःअमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५ कङ्ग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ । सो निर्वाचनले सिनेट र कङ्ग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ ।

    सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए । यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो व्यक्ति हुन्।

    सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुन्छन् । डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुनकुनैमा पनि मत जान सक्ने डिष्ट्रिकका रुपमा लिइन्छ ।

    आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहेकाभण्डारीले  कुराकानीका क्रममा भने, “हामीहरुको अवस्था राम्रै रहेको छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ ।” प्रचारप्रसारका विषयमा उनले  भने, “हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता रहेका छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौँ ।”

    न्यू हयाम्प्सायरबाट डेमोक्र्याटीक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ । उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो । उनले उम्मेदवारी दिएकोपद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अगाडि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन् । यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा भण्डारी मात्र रहेका छन् ।

    भण्डारी जिताउनका लागि स्वयंसेवी बनेका डा श्याम कार्कीले भने, “हयारीको जितले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्नेछ ।” यसैगरी भण्डारी उम्मेदवार बनेका क्षेत्रमा बसोबास गर्ने अर्जुन हमालले भने, “भण्डारी अहिले यो क्षेत्रमा एक उदीयमान नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन्, त्यसैले उनलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका ‘बाल्टीमोर सन’ले पनि इण्डोर्स गरेको छ ।”

    मेरिल्याण्डमा काम गर्ने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुद भएको बताए। करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ । नेपाली तथा भूटानी मूलका करीब ३०० को हाराहारीको मत रहेको आँकलन पौडेल गर्छन् । अमेरिकामा हुने सो निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जीतहारले सुनिश्चित गर्नेछ ।

    श्राेतः janasawal.com
    –––

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु