दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १२, सोमबार १८:२२

नेपालमा जलविद्युत तथा ऊर्जा क्षेत्रमा अभूतपूर्व क्रियाकलापसंगै थप ऊर्जा उत्पादन, लोडसेडिबको न्यूनीकरण तथा सरकारलेअघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बाटोमा राष्ट्र अघि बढेको छ । यसै परिप्रेक्षमा हिमालयन हाइड्रो एक्स्पो २०१९ ले ऊर्जा क्षेत्रमा एउटा फरक आयाम दिने र ऊर्जा क्षेत्रमा लागेका सवै सरोकारवालाहरुलाई एक ठाउँमा भेला गर्ने उदेश्यले आयोजना हुन लागेको छ । आगामी माघ ४ गते देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०१९ मा एक सयभन्दा बढी स्टल रहने अनुमान गरेका छौं ।जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल राखिने भएको छ । ती स्टलमध्ये करिब आधा विदेशी स्टल रहनेछन्।

२०१८ को एक्स्पोमा स्वदेशी तथा विदेशी गरेर एक सय भन्दा वढी स्टल थिए भने ५० हजार भन्दा धेरैले एक्सपो अवलोकन गरेका थिए । यसपटकको एक्स्पोमा ऊर्जासंग सम्वन्धित नयाँ प्रविधिका साथै ग्रिड कनेक्टेड सोलार सिस्टम आकर्षण बन्नेछ । यसका साथै एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाईहेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीकोसमेत भ्रमण गराउने ब्यावस्था गरेका छौं । सााथै एक्स्पोमा इन्जिनियरिब संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिइने छ । जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियरलगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने र यसले राष्ट्रको ऊर्जा विकासमा टेवा पु¥याउने विश्वास गरेका छौं ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु