कतार १३, कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी कतारस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक हुनुभएको छ । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुभएको हो।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी कतार भ्रमणमा हुनुहुन्छ ।
यस अघि राष्ट्रपति भण्डारीले हिजै दोहास्थित “बलद्ना फुडइन्डष्ट्रिज”को अवलोकन भ्रमण गर्नु भएको थियो । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी लगायत भ्रमणदलका सदस्य समेत रात्रिभोजमा सरिक हुनुहुन्छ ।
राष्ट्रपति भ्रमणमा नेपालले कतारसँग मुख्य २ विषय काम गर्न सक्नुपर्ने कतार मामिलाका जानकार प्रोफेसर रमजान अलि मियको भनाई छ । मियाका अनुसार नेपाल सरकारले पहलिो काम कतारका अमिर लाई नेपाल ल्याउने वाताारण बनाउनुपर्छ किनकि कतारि संस्करार अनुसार कतारी नागरिक त्यो देश म अवश्य जान्छन जहाँ आफ्नो राजा गएको हुन्छ ।
यसबाट नेपाललाई ठूलो लाभ हुन्छ त्यस्तै दोश्रो काममा कतारका बर्तमन अमिर राजा शेैख तमीम बिन हमद अल थानीकि आमा र कतार फाउन्डेसनकि संस्थापक शेख मौज बिन्त ए नासेर लाई कतार फाउन्डेसन को माध्यमबाट नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरीदिन अनुरोध र शेख मौजलाई पनि नेपाल भ्रमण गराउन प्रयास गर्नुपर्छ । यसले नेपालाई महत्वपूर्ण उपलब्धि हासिल हुने मियाले बताए ।