सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

बलात्कारी र भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ : यज्ञराज सुनुवार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १३ गते, मंगलवार १४:५७

कात्तिक १३, काठमाण्डौ । साक्षात्कारमा सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले बलात्कारी र भ्रष्टाचारीलाई फाँसीको सजाय हुनुपर्नेमा जोड दिए ।

पछिल्लो समय नेपालमा हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घट्ना बढ्दै गएको भन्दै त्यसलाई रोक्नका लागि मृत्युदण्ड दिनुपर्ने सुनुवारको माग थियो ।

अहिलेको सरकारबाट ठूलो परिवर्तनको अपेक्षा राख्नु स्वभाविक भएको भन्दै उनले ५ वर्षमा गर्ने काम ६ महिनामै गर्न सकेन भनेर असफल भन्न नहुने तर्क गरे ।

सरकार बनेको छोटो अवधीमा नै १६ वटा मौलिक हक, नीति, कार्यक्रम र बजेट बनेको उल्लेख गर्दै सुनुवारले तिनै नीति बजेट कार्यान्वयन भएपछि परिवर्तन देखिने बताए ।

“मुलुकले दिशा समात्न लागेको छ । तर समस्या धेरै छन् । समाधान पनि हुँदै जान्छ ।”–उनले भने ।

प्रतिपक्षीको गाली र आलोचनाले कम्युनिष्ट सरकार विचलित नहुने भन्दै उनले दबाबलाई सकारात्मक रुपमा लिइने बताए । “सरकारले काम गरिरहेको छ । प्रतिपक्षीको गालीले कम्युनिष्टहरु रिसाउँदैनन् ।” सुनुवारले भने ।

नेता सुनुवारले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली स्वस्थ भएपछि स्थायी कमिटीको बैठक बसेर एकता प्रक्रिया अगाडि बढाइने जानकारी दिए । “स्थानीय तहसम्मको कमिटी निर्माण छिटै हुन्छ । अब एकता प्रक्रिया टुङ्ग्याउँछाँै ।” सुनुवारले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु