छोराको जिवन बचाई दिन आमाको हारगुहारजेष्ठ नागरिक सम्मान,बाख्रा बितरण,नेवारी पोषाक, वाद्यवाजन र आरान बितरण कार्यक्रम सम्पन्नविगत ४५ दिन देखि 'दिनको एक माना, भ‍ोको पेटलाई खाना'अभियान संचालितसमस्यामा परेका २२ नेपाली परिवारलाई राहतहोमडेलिभरिको सुबिधा दिदै आभाष हर्टकनेक्टहेर्नुस् आज २०७८ साल असार १ गते, मंगलवारको राशिफलपछिल्लो २४ घण्टामा देशभर ५१४७ जना कोरोना भाइरस संक्रमणबाट मुक्तनेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमाअनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदैएसईईका विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने
  • ध्यानाकाषर्ण पत्र बुझाइयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ कार्तिक २०७५, मंगलवार १८:३०

    १३ कात्तिक २०७५

    शर्मिला विश्वकर्मा, काठमाण्डौं

    नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा ओपन सोसाइटी फाउण्डेशनको सहयोगमा आज नेपाल राष्ट्र बैंकमा अपाङ्गता भएका व्यक्तिहरुलाई बैकिङ् सेवा सुविधामा सहजता गराइदिने भनि ध्यानाकाषर्ण पत्र बुझाइयो ।

    सोही क्रममा नेपाल अपाङ्ग मानव अधिकार केन्द«का अधयक्ष जगदिश प्रसाद अधिकारले सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका मागहरु पढेर सुनाएर नेपाल राष्ट्र बैंकका वित्तिय संस्था निष्मन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेललाई हस्तान्तरण गर्नु भएको थियो । सोही क्रममा दृष्टिविहिन महिला सरिता लामिछानेले बैंकिङ् सेवाहरु अन्र्तगत एटिएम बुथ तथा कार्डहरु, बैंकका संरचनाहरु अपाङ्गता मैत्री नभएको बताउदै दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि खाता खोल्न समेत कठिनाई भएको बताउनु भयो ।

    त्यसै गरी अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्रका ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले सबै बैंकहरुमा अपाङ्गता अनुकुलको वातावरण तथा संरचनाहरु निर्माण गर्नको लागि र सेवा सुविधा उपलब्ध गराउनको लागि अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिनुहुनको लागि अनुरोध गर्नु भयो ।

    उक्त कार्यक्रमा नेपाल नेत्रहिन संघका अध्यक्ष रमेश पोखरेलले दृष्टिविहिन व्यक्तिहरुले बैंकमा खाता खोल्दा उनीहरुलाई चेक बुक नदिने, एटिएम कार्ड नदिने, एटिएम मेशिनहरु दृष्टिविहिन अनुकुल तथा अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो भने दृष्टिविहिन व्यक्तिहरुले पैसा चिन्न सक्ने मेशिनहरुको प्रविधिलाई नेपालमा पनि प्रयोग गराउनु पर्ने बताउनु भयो । त्यसै गरी सो ध्यानकार्षण पत्र बुझाउने क्रममा नेपाल अपाङ्ग महिला संघकी अधयक्ष निर्मला धितालले बैंकिङ् सेवा सुविधाहरुलाई अपाङ्गता अनुकूलको बनाउनुको साथै एउटा बैंकले एक जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारीको पनि पनि पहल गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो भने राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघकी अध्यक्ष लक्ष्मी महर्जन देवकोटाले बैंकका कर्मचारीहरुलाई पनि साङ्केतिक भाषाको तालिम दिन जरुरी रहेको बताउनु भयो । सोही क्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका महासचिव जगदिश प्रसाद अधिकारीले बैंकिङ् सेवा सुविधा उपलब्ध गराउने क्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई प्राथामिकता दिनु पर्ने बताउनु भएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वित्तिय संस्था नियमन विभागका प्रवक्ता एवं कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुलाई अनुकुल हुने गरी बैंकिङ सेवा उपलब्ध गराउने, अब बन्ने बैंकका संरचनाहरु अपाङ्गता मैत्री बनाउने कुरामा ध्यान दिनुका साथै अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सम्बन्धीत निकाय सम्म लैजाने र यस विषयमा छलफल गर्ने बताउनु भयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु