तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

आज छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदैँ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १४, बुधबार ११:०४

काठमाडौं, १४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्दछ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिनुभयो । बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ । छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उहाँले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताउनुभयो । उहाँले जुकाको औषधि एक वर्षदेखि पाँच वर्षभित्रका बालबालिकालाई खुवाउने बताउनुभयो । उहाँका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमको लागि छ करोड रुपियाँ खर्च हुनेछ । उहाँले बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउने गरिएको जानकारी दिनुभयो । भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशै परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको हो ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु