दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्मिथ र वार्नर माथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अष्ट्रेलियालाई आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १४ गते, बुधबार ११:१२

काठमाडौं, १४ कात्तिक । अष्ट्रेलियन क्रिकेटर्स एशोसिएशनले स्टिभ स्मिथ, डेडिभ वार्नर र क्यामरुन बेनक्राफ्टमाथि लागेको प्रतिबन्ध हटाउन क्रिकेट अष्ट्रेलियालाई आग्रह गरेको छ ।

मार्चमा बल टेम्परिङ गरेको भेटिएपछि क्रिकेट अष्ट्रेलियाले उनीहरुमाथि प्रतिबन्ध लगाएको थियो । तर, स्वतन्त्र पुनरावलोकन समितिले क्रिकेट बोर्डले अहंकार र नियन्त्रण देखाएको बताएको छ । ‘उनीहरु पर्याप्त प्रताडित भएका छन् । उनीहरुलाई खेल्न दिऊँ’ खेलाडी संघका प्रमुख ग्रेग डायरले भने ।

दक्षिण अफि्रकामा बल टेम्परिङ विवादमा मुछिँदा स्मिथ कप्तान र वार्नर उपकप्तान थिए । दुबैमाथि एक वर्षको प्रतिबन्ध लागेको थियो, जसमध्ये सात महिना गुजारिसकेका छन् ।

तीनै खेलाडीको प्रतिबन्ध हटाएर जरिवाना गर्नु उपयुक्त हुने प्लेयर्स एशोसिएशनले बताएको छ ।

‘खेलाडीहरुले खेल्ने समय गुमाए । अष्ट्रेलियाका लागि खेल्ने समय गुमाए । सार्वजनिक अपमानको सामना गरे र भारी आर्थिक जरिवाना पनि तिरे’ डायरले भने ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु