ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

प्रहरीद्धारा पटाका बरामद

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १४, बुधबार १४:२८
लहान,  कात्तिक १४ । प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले अवैधरूपमा भारतबाट ल्याउँदै गरेको अवस्थामा पटका, फूलझरी, बुलेट बम, चक्कर हाइड्रो फोइल्स, रविन्स बुलेटलगायतका विष्फोटक पदार्थ बरामद गरेको हो । बरामद गरिएका पटाका आज नष्ट पारिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

दीपावली तथा छठपर्व नजिकिँदै जाँदा भारतीय बजारबाट पटाकालगायतका विष्फोटक पदार्थ चोरी तस्करीको क्रम शुरु भएको छ । यस्तै प्रहरीले सिरहा नगरपालिकास्थित माडरबाट करीब रु डेढ लाख मूल्य बराबरको बिजुलीका सामान बरामद गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु