दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नगरपालिका कार्यालय अझैसम्म भाडाकै घरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १५, बिहीबार १२:०४

कुश्मा, १५ कात्तिक – कुश्मा नगरपालिकाको कार्यालय अझैसम्म भाडाकै घरमा सञ्चालित छ ।

कुश्मामा विभिन्न सरकारी कार्यालय रहे भए पनि नगरपालिकालाई भवन अभाव भएपछि नगर कार्यपालिका सदस्यले बुधबार सदरमुकाम कुश्माबजारमा रहेका सरकारी कार्यालयमा नगरपालिकाको बोर्ड झुण्ड्याएका छन् ।

कार्यालय व्यवस्थापनका लागि पटक–पटक जिल्ला समन्वय समितिलाई अनुरोध गर्दा ध्यान नदिइएको भन्दै नगर सदस्यले बोर्ड झुण्ड्याएका हुन् । यसअघि नगरप्रमुख रामचन्द्र जोशीसहित नगर कार्यपालिका सदस्यले तत्कालीन जिल्ला विकास समिति बसेको भवन नगरपालिकालाई उपलब्ध गराउन अनुरोध गर्दै आएको थियो ।

समन्वय समिति प्रमुख मनोहर बी पौडेललाई नगर कार्यपालिका सदस्यहरूले पटकपटक अनुरोध गर्दा पनि आफू बसेको भवन पनि नदिने र अरू कार्यालय व्यवस्थापनमा पनि सहयोग नगरेको कार्यपालिका सदस्यले गुनासो गर्दै आइरहेका थिए ।

बुधबार नगरपालिका सदस्यसहित कर्मचारीको समेत समूहले कुश्माको बडागाउँमा रहेका साविकको जिल्ला पशु सेवा कार्यालय र सीप विकास कार्यालयको भवनमा आफ्नो साइनबोर्ड राखेका छन् ।

कार्यपालिका सदस्य तथा वडा नं ११ का वडाध्यक्ष शिव पौडेलले अधिकृतस्तरका कर्मचारीको कार्यालय सामाग्री अझै पनि झोलामा लिएर सडकमा काम गर्नुपर्ने बाध्यता रहेकाले सरकारी कार्यालयमा नगरपालिका राख्ने गरी आफूहरुले ती भवन प्रयोग गर्न थालेको बताउनुभयो ।

श्राेतः onlinenepalgunj.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु